राष्ट्रिय शहिद तथा शान्ति पार्कमा सहिद दिवस मनाइयो

राष्ट्रिय शहिद तथा शान्ति पार्कमा सहिद दिवस मनाइयो

कपन अनलाइन

काठमाडौ, माघ १७।

शहीद दिवस २०७४ को अवसरमा  गोकर्णेश्वर नगरपालिका वडा नं ९ जगडोलमा रहेको  राष्ट्रिय शहिद तथा शान्ति पार्क (स्मारक)पार्क निर्माण तथा ब्यबस्थापन समितिले हिजो बिशेष कार्यक्रम सहित शहीद दिवस भव्यताका साथ् सम्पन्न गरेको छ ।

उक्त कार्यक्रमका प्रमुख अतिथि सम्माननीय उप राष्ट्रपति नन्दकिशोर पुन (पासाङ) रहेका थिए भने बिशेष अतिथि काठमाडौँ निर्वाचन क्षेत्र नं ३ वाट बिजयी भएका प्रतिनिधि सभा सदस्य कृष्ण राइ प्रदेश सभा क का प्रदेश  सांसद छिरिंग दोर्जे लामा, प्रदेश ख का प्रदेश सांसद रामेश्वोर फुयाल ,गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे ,उपप्रमुख शान्ति नेपाल काठमाडौं निर्वाचन क्षेत्र नं ४ का समानुपातिक सांसद न्हुच्छे नारायण श्रेष्ठ रहेका थिए भने अतिथिहरुमा आन्दोलनको क्रममा घाइते भएका मेघ राज आचार्य, शहीद परिवार विष्णु माझी, गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्री कुमार श्रेष्ठ ,वडा ३ का वडा अध्यक्ष राजेन्द्र कुमार  भण्डारी ,जिल्ला समन्वय समिति सदस्य सान्नानी लामा ,पुलहारी गुम्बाका प्रमुख छेके गुरुङ ,पार्क निर्माण तथा ब्यबस्थापन समितिका पदाधिकारीहरु ,लायन कुमार राज सुबेदी, समाजसेवी श्रीकृष्ण सिंखडा ,विभिन्न संघ सस्थाका प्रतिनिधि बिद्यार्थी एबम स्थानियहरुको बाक्लो उपस्थिती रहेको थियो ।

कार्यक्रम को सभाध्यक्षता राष्ट्रिय शहिद तथा शान्ति पार्क (स्मारक)का अध्यक्ष सुदर्शन सिग्देलले गरेका थिए।कार्यक्रम संचालन राष्ट्रिय शहिद तथा शान्ति पार्क (स्मारक)का सह कोषाध्यक्ष राजेश कुमार बिष्टले गरेका थिए ।

शहीदहरुको तस्बिरमा माल्यार्पण एबम शहीदहरु पार्टी भाबपूर्ण श्रद्धाञ्जली स्वरुप एक मिनेट मौन धारण गरेर प्रमुख अतिथि सम्माननीय उप राष्ट्रपति नन्दकिशोर पुन (पासाङ)ले पानसमा दीप प्रज्ज्वलन सहित  सुरु भएको उक्त कार्यक्रममा राष्ट्रिय शहिद तथा शान्ति पार्क (स्मारक) पार्क निर्माण तथा ब्यबस्थापन समिति स्टेयरिंग कमिटिका कोषाध्यक्ष हरिकृष्ण श्रेष्ठले स्वागत मन्तब्य राखेका थिए ।

उनले  पार्क निर्माणको गति कम भएको तर त्यसको पछाडी बिबिध कारण रहेको बताएका थिए ।उनले मिडियाले नकारात्मक प्रचार भन्दा भएका कामको सकारात्मक कामको प्रचार गरेर सहयोग गर्न अनुरोध गरेका थिए ।उनले नकारात्मक आलोचना गर्न पाइने त्यसलाई पनि सुझाबको रुपमा ग्रहण गरेको बताएका थिए ।

उनले अब निर्माण कार्यले गति लिने भन्दै सबैको साथ् र सहयोग आवश्यक रहेको बताएका थिए ।कार्यक्रममा जय मल्टिपल क्याम्पस माकलबारीका विद्याथीहरुहरुले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।

सोहि कार्यक्रममा मन्तब्य राख्दै कलाकार ,पत्रकार एबम समाजसेवी श्रीकृष्ण सिंखडाले देशको लागि शहीद भएका तर छातीमा गोलि नलाग्ने हरु आज देश लुटिरहेको बताएका थिए उनले । छाती थाप्नेहरु पनि महान भएको बताए।

उनले थप्दै  आन्दोलनमा सहभागी हुनेहरुलाई  गोलि नलागेको मात्र हो भन्दै उनीहरु पनि शहीद हुनको लागि आन्दोलनमा  सहाभागी भएको बताएका थिए ।उनले शहीदहरुको रगत माथि खेलबाड भयो भने इतिहासले कुनै दिन तिनीहरुलाइ  कठघरामा उभ्याउने बताए। त्यो बेलामा  कसैलाई क्षमा दिन नसक्ने बताए  ।

उनले देश युद्द बाट द्वन्द बाट आएको हुनाले द्वन्द र युद्द बाट आएको मुलुकलाई अरु राष्ट्रलाइ जस्तो सजिलो नहुने बताए। उनले त्यही द्वन्द् र युद्द बाट आएको भनेर त्यसलाई अबमुल्यन गर्ने तरिका बाट नौटंकी बाजा बजाइयो भने इतिहासमा कहिले माफ नगर्ने बताए ।

उनले शहीदको सपना त्यो दिन मात्र पुरा हुने जुन दिन हामीले सम्पत्ति ,सम्पत्ति भनेर मर्दैनौ, देशको सम्पत्ति बचायौ भने  त्यो हाम्रो हातमा आउने बताएका थिए । उनले राष्ट्रिय शहिद तथा शान्ति पार्क (स्मारक) निर्माण गर्दा दुइ पैसा पनि भ्रस्टाचार भयो भने जेल लाने पहिलो ब्यक्ति आफै भएको बताएका थिए। र चांडो निर्माण सम्पन्न गर्न सबैले सहयोग गर्नु पर्ने बताएका थिए।

कार्यक्रममा  बोल्दै  प्रमुख अतिथि  उपराष्ट्रपति नन्दकिशोर पुन (पासाङ)ले   ज्ञात अज्ञात सहिदलाइ श्रद्दान्जली ब्यक्त  गरेका थिए। उनले  सबै  नेपाली जनता सबै सम्वृद्ध होउन, सबै धनि होउन सबैको दुखको अन्त्य होस् र सबै मानब मानब बीचको भेदभावको अन्त्य होस् र सबै समान होउन भन्ने शहीदको सपना रहेको भन्दै  सबै मिलेर शहीदको सपना पुरा  गर्नु पर्ने बतएका थिए।   

सोहि कार्यक्रममा बोल्दै विशेष अतिथि काठमाडौँ निर्वाचन क्षेत्र नं ३ प्रतिनिधि सभा बाट बिजयी भएका  प्रतिनिधि सभा सांसद कृष्ण राइले ज्ञात अज्ञात सहिदलाइ श्रद्दान्जली ब्यक्त गर्दै शहीदको रगतले पोतिएको राजनीतिक उपलब्धि संस्थागत हुनुपर्ने बताएका थिए ।

सोहि कार्यक्रममा बोल्दै विशेष अतिथि काठमाडौँ निर्वाचन क्षेत्र नाम ३ प्रदेश सभा २ बाट बिजयी भएका प्रदेश सभा सदस्य रामेश्वर फुयालले  ज्ञात अज्ञात सहिदलाइ श्रद्दान्जली ब्यक्त गर्दै शहीदको सपना पुरा गर्दै जनताको जीवनमा परिबर्तन ल्याउनको लागि सबै तह बाट अगाडी बढ्नुपर्ने बताउदै पार्क निर्माण कार्यमा ढिलाई हुन नहुने बताएका थिए ।

सोहि कार्यक्रममा बोल्दै बिशेष अतिथि गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले ज्ञात अज्ञात सहिदहरुको सम्झनामा बनेको राष्ट्रिय शहिद तथा शान्ति पार्क (स्मारक) गोकर्णेश्वर जगडोलको ६ सय ५० रोपनी जग्गामा स्थापना हुनु नै श्रद्दान्जली भएको बताएका थिए । उनले निर्माण कार्यमा ढिलाई भइरहेको अवस्थामा सबै जना मिलेर पार्क निर्माण सम्पन्न गर्न सके शहीदहरुको असली सम्मान हुने बताएका थिए ।

उक्त कार्यक्रममा पार्क निर्माणमा सहयोग गर्ने र निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रमको अन्त्यमा सभाध्यक्षता आसन बाट बोल्दै राष्ट्रिय शहिद तथा शान्ति पार्क (स्मारक)का अध्यक्ष सुदर्शन सिग्देलले ज्ञात अज्ञात शहीदहरुलाई श्रद्दान्जली ब्यक्त गर्दै  पार्कको कार्य विवरणको जानकारी गराएका थिए ।उनले  पार्कको कुल लागत ४६ करोड ७१ लाख मध्ये २७ करोड ३२ लाख ८२ हजार खर्च भएकोमा पार्क प्रारम्भ भए देखि हाल सम्म वित्तीय प्रगति ५८.५१ प्रतिशत रहेको बताएका थिए ।

उनले भौतिक संरचना निर्माणमा ७० प्रतिशत सम्पन्न भएको जानकारी गराएका थिए उनले पार्क निर्माण आयोजना बाट छनौट भएका निर्माण ब्यवसायीहरु २०६८ साल देखि  निर्माण समयमा सम्पन्न गर्न नसकेका त्यस्ता ब्यबसायीहरुलाई अन्तिम मौका चैत्र महिना भित्र परिणाम देखिने गरि काम नगरेको खण्डमा संलग्न ठेकेदार र निर्माण ब्यबसायीहरुलाई सम्बन्धित परियोजना र समितिबाट आवश्यक कारबाही प्रक्रिया अगाडी बढाउन शान्ति तथा पुननिर्माण मन्त्रालयमा सिफारिस गरि नयाँ निर्माण ब्यवसायीहरु छनौट गरि आ .वा.०७५/०७६ को समय सिमा भित्र सम्पन्न गर्न पार्क समिति आयोजना परियोजनाले कार्य तालिका बनाई निर्माणको गति लिएको जानकारी गराएका थिए।  उनले उपस्थित भएका सबैलाई धन्यवाद दिंदै कार्यक्रम समापन गरेका थिए ।

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।