थ्रीस्टार क्लब एपीएफ क्लबलाई हराउँदै सेमिफाइनलमा प्रवेश
कपन अनलाइन
पोखरा माघ १५ ।
पोखरामा जारी आहा रारा गोल्डकप फुटबलमा थ्रीस्टार क्लबले विभागीय टिम एपीएफ क्लबलाई पेनाल्टी सुटआउटमा ५-३ गोल अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।
निर्धारित ९० मिनेट र थपिएको २० मिनेटको समयमा दुवै टिमले गोल रहित बराबरी खेले पछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टी सुटआउटमा थ्रीस्टारका पाँचै जना खेलाडीले गोल गरे भने एपीएफका खेलाडी राजेन्द्र रावल हानेको बल गोलकिपर एलन न्यौपानेले जम्प गर्दै रोकेका थिए । थ्रीस्टार क्लबले फाइनल प्रवेशका लागि बिहीबार उत्तर बरिन्धरा क्लब बंगलादेशसँग प्रतिष्पर्धा गर्ने छ । भोलिको अन्तिम क्वाटरफाइनल खेल मनाङ मस्र्याङदी र विभागीय टिम नेपाल पुलिस क्लवब बिच हुने छ।आजको खेलमा थ्रीस्टारका गोलकिपर एलन न्यौपाने म्यान अफ दी म्याच बनेका थिए ।
तपाइँको प्रतिक्रिया ।