गोकर्णेश्वर -३ ब्रम्हडोलमा श्रीमदभागवत नवाह ज्ञानयज्ञ हुदै
कपन अनलाइन
काठमाडौं,माघ १५ ।
”सके ९ दिन नै जाऔं, नसके १ दिन अवश्य जाऔं ,यो पबित्र सामाजिक कार्यमा सहभागी भइ पुण्य कमाऔं”भन्ने मूल नाराको साथ गोकर्णेश्वर नगरपालिका वडा नं ३ बालुवा ब्रम्हडोलमा रहेको शिव पाञ्चायन मन्दिर र सो मन्दिर नजिकै रहेको श्री ग्राम सुधार आधारभूत विद्यालयको सहयोगार्थ श्री बालयोगेश्वर महाराजज्युद्वारा यहि २०७४ माघ २१ देखि २९ सम्म वाचन हुने संगीतमय श्रीमदभागवत नवाह ज्ञान महायज्ञ आयोजना गर्न लागेको हुनाले सबैलाई उक्त श्रीमदभागवत नवाह ज्ञानयज्ञमा सरिक भइ पुण्य लाभ गर्न श्रीमदभागवत नवाह ज्ञान यज्ञ मूल आयोजक समरोह समितिले अनुरोध गरेको छ ।
सामाजिक कार्य र सहयोगबाट अरुको जीवनमा प्राप्त भएको खुशिले आफुलाई प्राप्त हुने खुशिको कुनै तुलना नहुने र यो कुनै लामो तिर्थाटन वा भारी अशर्फी दानबाट मात्रै पाईन्छ भन्ने पनि होइन भन्दै आफ्नै समाज र ठाउँमा हुने सामाजिक कार्यमा हातेमालो गरि सानो सहयोग गरेमात्र पनि ठुलो सहयोग पुग्ने श्रीमदभागवत नवाह ज्ञान यज्ञ मूल आयोजक समरोह समितिका सचिब गोपाल प्रसाद धमलाले कपन अनलाइनलाई जानकारी गराए ।
उनले आर्थिक स्थिति कमजोर भएका बालबालिकाहरुलाई समय सुहाउँदो शिक्षा प्रदान गर्ने उदेश्यका साथ् बालबालिकाहरुको भविष्य उज्ज्वल पार्न पनि विधालयको सहयोगार्थ यो कार्य गर्न लागिएको बताए। उनले “एक थुकी सुकि, सय थुकी बगि” भने झैँ सबैले हातेमालो गरे जतिसुकै ठुला उद्देश्यहरु पनि पूरा गर्न सकिने बताउदै उक्त श्रीमदभागवत नवाह ज्ञानमहायज्ञ सरिक भै सहयोग गर्न समेत अनुरोध गरेका छन ।
उक्त श्रीमदभागवत नवाह ज्ञान महायज्ञको उद्दघाटन कार्यक्रममा आयोजकले प्रमुख अतिथिमा नेपाल सरका का प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि निमत्रणा गरिएको बताए । उक्त श्रीमदभागवत नवाह ज्ञानयज्ञ मूल आयोजक समरोह समितिमा ११ सदस्यीय समिती गठन समेत गरेको छ। उक्त समितिको संयोजक दामोदर प्रसाद पौड्याल रहेका छन् ।