गोकर्णेश्वर युवा उपकार क्लब गोकर्णेश्वर-४ ले भोलि माघ १६ गते स्वास्थ्य सिविर र रक्तदान गर्ने
कपन अनलाइन
काठमाडौ,माघ १५ ।
गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको गोकर्णेश्वर युवा उपकार क्लब गोकर्णेश्वरले माघ १६ गते शहीद दिवसको दिन स्वास्थ्य सिविर र रक्तदान कार्यक्रम गर्ने भएको छ । शहीदहरुको योगदानलाई सम्मान गर्दै बिगतमा जस्तै यस वर्ष पनि गोकर्णेश्वर युवा क्लब र लायन्स क्लब अफ काठमाडौं गोकर्णेश्वरले संयुक्त रुपमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा बिहान ९:३० बजे देखि १ बजे सम्म नि:शुल्क स्वास्थ्य सिविर र रक्त दान कार्यक्रमको आयोजना गर्ने भएको हो ।
उक्त स्वास्थ्य सिविरमा नि:शुल्क नाक कान,घांटीको स्वास्थ्य परिक्षणका साथै रक्तदान कार्यक्रम गर्ने भएकोले उक्त कार्यक्रममा सहभागी हुनको लागि क्लबले सार्बजनिक सूचना मार्फत अनुरोध गरेको छ।
तपाइँको प्रतिक्रिया ।