बेचविखन र हिंशामा परेका प्रभावितहरुको कथामा वृत्तचित्र “नौ महिनाको यात्रा”
कपन अनलाइन
काठमाडौ,माघ १४ /आशिष दुलाल
बिभिन्न कारणले बेचविखनमा परेका र हिंशामा परेका प्रभावितहरुको कार्य र सकारात्मक परीवर्तनलाई कैद गरीएको वृत्तचित्र नौ महिनाको यात्रा चाढै नै प्रदर्शन गरीने भएको छ ।
बेचविखन प्रभावीतले पनि समाजमा केहि गरेर देखाउन सक्छन भन्ने उदाहरणलाई कैद गरीएको यस वृत्तचित्रमा १२ जना प्रभावीत किशोरीहरु फोटोग्राफी, भिडियोग्राफिी तालिम सिक्छन र क्यामेरा देखि डराउने उनिहरुमा तालिम संगै बढदै गैरहेको उनिहरुको आत्मविश्वास, उनिहरुले खिचेका तश्वीरहरुको पुस्तक संझनाको विमोचन, उनिहरु आफैले निर्माण गरेको उनिहरुको आफनै कथामा आधारीत चलचित्र संझनाका बिमोचन देखि उक्त वृत्तचित्रलाई बिभिन्न जिल्लाका सरोकारवाला निकायहरु माझ गरीएको प्रदर्शन र राष्टीय स्तरका कार्यक्रममा सहभागी किशोरीहरुको सहभागीता तथा आत्म विश्वासलाई समेटने प्रयास गरीएको छ।
शक्ति समुहको निर्माण, फ्रि अ गर्लको सहयोग र भ्वाईस अफ ओमन मिडियाको प्राविधिक सहकार्य संचालन भएको मल्टीमिडिया तालिम अन्तर्गत यस वृत्तचित्रलाई उपेन्द्र तिमिल्सिनाले निर्देशन तथा संयोजन गरेका हुन ।
“म यस चलचित्र हेर्न आतुर छु, मेरा बैनिहरु आज पत्रकार मिडिया आउदा धक नमानि बोल्न सक्ने भएका छन, गोपनियता आफनो अधिकार हो भन्ने बुझेका छन, यो ९ महिनामा उनिहरुमा धेरै परीवर्तन आएको छ”, खुसि हुदै शक्ति समुहका संस्थापक सदस्य एवं कार्यकारी निर्देशक सुनिता दनुवारले वताईन ।
नेपाली र अंग्रेजी दुबै भाषामा निर्माण गरीएको यो वृत्तचित्र सरोकारवाला निकायका बिचमा चाढै प्रदर्शन गरीने दनुवारले जानकारी समेत दिईन।
यस्ता सामाग्री निर्माण र समुदाय स्तरमा व्यापक प्रचार प्रशार र अर्थपुर्ण जनचेतना गर्न सके मानव बेचविखनको जस्तो जघन्य अपराधलाई रोकथामका र न्युनिकरण गर्न थप मद्धत पुग्ने देखिन्छ ।