सामुदायिक स्वास्थ्य परिषद कामपा वडा नं १५ को नि:शूल्क स्वास्थ्य सिविर सम्पन्न

सामुदायिक स्वास्थ्य परिषद कामपा वडा नं १५ को नि:शूल्क स्वास्थ्य सिविर सम्पन्न

कपन अनलाइन 

काठमाडौ,माघ १३।

काठमाडौ महानगरपालिका वडा नं १५ र सामुदायिक स्वास्थ्य परिषद  ,डल्लु आवास क्षेत्रको संयुक्त आयोजनामा  नि:शूल्क  स्वास्थ्य सिविर सम्पन्न भएको छ ।

वडा नं १५ मा सामाजिक सुरक्षा भत्ताप्राप्त गर्दै आएका व्यक्तिहरुलाई नियमित निशुल्क स्वास्थ्य परिक्षण उपलव्ध गराउने सम्झौता अनुसार यो स्वास्थ्य सिविर आयोजना गरिएको थियो ।

सो सिविरमा काठमाडौं क्षेत्र नं ८ का प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठ ,वडा नं १५ का अध्यक्ष ईश्वरमान डंगोल ,सामुदायिक स्वास्थ्य परिसदका पदाधिकारी र सदस्यहरु उपस्थित रहेका थिए ।

सो स्वास्थ्य सिविरमा वडाका सयौ वडावासीहरुले सेवा प्राप्त गरेका थिए ।कार्यक्रममा आफ्नो धारणा राख्दै प्रतिनिधि सभा सदस्य श्रेष्ठले यस परिसद परिसरमा बन्न लागेको अस्पताल र अन्य पूर्वाधार विकासमा सहयोग गर्ने प्रतिवद्दता व्यक्त गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।