सातौ इसान कप फुटबल प्रतियोगिता हुने

सातौ इसान कप फुटबल प्रतियोगिता हुने

कपन अनलाइन

काठमाडौ,माघ १३।

संस्थागत बिद्यालय संघ नेपाल (इसान) ले बिद्यालय वीच आपसी भाइचारा ,शान्ति ,मित्रता र खेलकुदमा अनुशासनको महत्वको बारेमा सन्देश दिने उदेश्यका साथ् सातौ छात्र/ छात्रा इसान कप फुटबल प्रतियोगिता  २०७४   को आयोजना गर्न लागेको छ ।आज कामपा -६ त्रिबेणी फूडल्याण्डमा  इसानले पत्रकार सम्मेलन गर्दै उक्त जानकारी गराएको थियो  ।

उक्त पत्रकार सम्मेलनमा  इसान २०६४ सालमा स्थापना भइ शिक्षा मन्त्रालय तथा जिल्ला प्रशासन कार्यलयमा दर्ता रहेको र बिभिन्न शैक्षिक तथा सांगठानिक रुपमा क्रियाशील रहदै संस्थागत बिद्यालयहरुको हक हितका लागि विशुद्ध शैक्षिक कार्यक्रम गर्दै आएको सशक्त पेशागत संगठन भएको जानकारी गराइएको थियो ।

उक्त पत्रकार सम्मेलनमा इसानका महासचिब भिम बहादुर दर्लामी मगरले इसान राष्ट्रिय शैक्षिक संस्थाहरुको संगठनको रुपमा आफ्ना विभिन्न शैक्षिक तथा सामाजिक गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आएको बताए।

उनले बिद्यार्थीहरुको पठन पाठनको अलवा साहित्य कला ब्यबहारिक शिक्षा तथा खेलकुदमा बिशेष ध्यान दिई उनीहरुको सर्वाङगीण बिकासमा अग्रसार हुदै आएको बताए ।उनले बिगत सात वर्ष देखि इसानले माध्यमिक बिद्यालय स्तरमा छात्र र छात्राहरुलाई विभिन्न खेलकुदहरु गराउदै आएको र त्यसैको निरन्तरता स्वरुप आउदो फाल्गुन ४ गते देखि ७ गते सम्म काठमाडौँमा  सातौ संस्करणको  छात्र /छात्रा फुटबल गर्न लागिएको जानकारी दिए ।

सोहि पत्रकार सम्मेलनमा बोल्दै निसानका अध्यक्ष बाल मुकुन्द कार्कीले बिद्यालय स्तरमा लुकेर बसेको प्रतिभालाई विकास र अवसर प्रदान गर्ने मुख्य हेतुले निसानले निरन्तर रुपमा प्रतिभा खोज्ने र उनीहरुलाई अवसर दिने कार्य गरिरहेको जानकारी गराए।

उनले गत बर्षको  छैटौ संस्करणको छात्र तर्फ बिजेता को रुपमा (डिफेन्डिङ च्याम्पियन)  रिडर्स इन्टरनेसनल मोडेल स्कुल (रिम्स) र छात्रातर्फा नेपालय पब्लिक स्कुल रहेको बताए । उनले छैटौ संस्करणमा छात्र तर्फ २८ बिद्यालय र छात्रा तर्फ १६ बिद्यालय सहभागी भएकोमा सातौ इसान कपमा करिब ४ दर्जन बिद्यालय बाट छात्र र छात्रा सहभागी हुने अनुमान रहेको बताए ।

उक्त पत्रकार सम्मेलनको संचालन इसानका सचिब कुमार अधिकारीले  गरेका थिए  भने इसानका बरिष्ठ उपाध्यक्ष राजकुमार श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए ।

उक्त पत्रकार सम्मेलनमा इसानका पुर्व अध्यक्ष एबम सल्लाहकार मोहन मल्ल ,बरिष्ठ उपाध्यक्ष राजकुमार श्रेष्ठ, उपाध्यक्ष झलक मान तामाङ, कोषाध्यक्ष रमेश कार्की लगायत इसानका पदाधिकारीहरु र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।