एडभान्स चामुण्डा इन्सिच्युटले एसईई बुस्टअप म्याथ म्याटिक्स परीक्षा सिजन-१० फाल्गुन ५ गते गर्ने
कपन अनलाइन
काठमाडौं,माघ १२।
राजधानीको पुर्बी भेगमा आफ्नो छुट्टै नाम र पहिचान सहित शैक्षिक गुणस्तरमा वृद्धि गर्दै अन्य शैक्षिक संस्था संगको आत्मियतालाइ अझ प्रगाढ बनाउने अभिप्रायले २०६३ साल देखि आयोजना गर्दै आएको परीक्षाको निरन्तरता स्वरुप एडभान्स चामुण्डा इन्सिच्युटले एसईई बुस्ट अप म्याथ म्याटिक्स परीक्षा सिजन १० फाल्गुन ५ गते संचालन गर्ने भएको छ ।
आज पत्रकार सम्मेलनमा एडभान्स चामुण्डा इन्सिच्युटका म्यानेजिंग डिरेक्टर दिपक रायमाझीले बिगत ९ वर्ष देखि सामान्य टावर बाट कार्यक्रम गर्दै आएकोमा यस बर्ष देखि आफ्नो दायरा बढाउदै राजधानी र राजधानी भन्दा बाहिर सिन्धुपाल्चोक बाट १०० भन्दा बढी प्रतिष्ठित बिद्यालयको सहभागिताले परीक्षाको स्तर बृद्दि र संचालनमा गर्न अझ हौसला प्रदान गरेको बताए।
उक्त पत्रकार सम्मेलनमा काठमाडौं प्याब्सनका, इशान,निसान, जोरपाटी फोरम,डीन फेस काठमाडौं लगायत प्रतिष्ठित शैक्षिक संस्थाका प्रतिनिधि सहित पत्रकारहरुको उपस्थिति रहेको थियो।
उक्त परीक्षामा काठमाडौंको राजधानी पूर्बी भेगका र राजधानी बाहिर सिन्धुपाल्चोक बाट करिब ३ हजार बिद्यार्थी सहभागी हुने पत्रकार सम्मेलनमा परीक्षा समितिका सदस्य शम्भु कार्कीले जानकारी दिए ।
उक्त परिक्षामा सहभागी मध्य बाट प्रथम दितीय र तृतीय हुने बिद्यार्थीहरुलाई क्रमश नगद पुरस्कार ५ हजार , ३ हजार र २ हजार सहित पूर्ण छात्रवृत्ति प्रदान गरिने जानकारी गराइएको थियो। त्यस्तै गरि सहभागी विद्यालयका बिध्यार्थिहरुलाई टोकन अफ लभले सम्मान गर्ने छ। सम्पूर्ण सहभागी बिद्यालय मध्ये बाट उत्कृष्ठ १० लाइ विभिन्न कलेजमा पूर्ण छात्रवृत्ति सहित मेडल र प्रमाण पत्र समेत दिइने बताए ।
उक्त पत्रकार सम्मेलनमा ६ सदस्यीय परीक्षा समिति रहेको छ जसमा संयोजकको रुपमा दिपक रायमाझी रहेका छन् भने ,सदस्यहरुमा शम्भु कार्की, अनिल पराजुली,अनिल चौलागाई,गोबिन्द दंगाल र संजय तिमिल्सना रहेका छन्। फाल्गुन ५ गते संचालन हुने उक्त परीक्षाको परीक्षा केन्द्रहरुमा सिन्धुपाल्चोकको थाङपाक माबी, साँखुको एभर ग्रीन एकेडेमी, जया मल्टीपल कलेज माकलबारी, केब्स एकेडेमी बौद्ध टुसाल,लुम्बिनी एकेडेमी चाबहिल रहने समेत जानकारी गराइएको थियो ।
परीक्षा सफल पार्नको लागि सहयोगीको रुपमा इस्टपोल माबी,आकासदिप माबी,सेलिब्रेसन कलेज, रोयल्टी कलेज, न्यु मिलिनियम कलेज, केयु सिटि कलेज र बज्र कलेज रहेको पत्रकार सम्मेलनमा जानकारी गराएको थियो ।
उक्त परीक्षामा सहभागी बिद्यालय र बिद्यार्थीहरुलाई परीक्षा समितिका सदस्य लगायतले परीक्षाको मर्यादालाई पालना गर्दै परीक्षाको उदेश्य परिपूर्ति र कार्यक्रम सभ्य र भब्य रुपमा सम्पन्न गर्न सबैलाई सहयोग गर्न अनुरोध गर्दै परीक्षा शान्त र निष्पक्ष रुपमा सम्पन्न गर्ने समेत जानकारी गराइएको थियो ।