मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय पुरुष भलिबल टिमको बिदाई

मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय पुरुष भलिबल टिमको बिदाई

कपन अनलाइन 

काठमाडौ,माघ १० ।

नेपाल ओलम्पिक कमिटिका अध्यक्ष प्रतिनीधि सभाका सभासद् माननिय जिवनराम श्रेष्ठले नेपालको राष्ट्रिय पुरुष भलिबल टिमको बुधवार बिदाई गरेका छन ।

नशालको क्राउण्डप्लाजा होटलमा भएको बिदाई कार्यक्रममा खेलाडीलाई शुभकामना ब्यक्त गदै अध्यक्ष श्रेष्ठले भलिबल खेल हिजोको परिभाषबाट फेरिएको र यो लोकप्रिय खेलको रुपमा रहदारहदै पनि उचाई र परिणामका कुरामा केहि पछाडि परेको बताए ।

राष्ट्रिय खेल कायम भए पश्चित भलिबल आम नेपालीको प्रतिष्ठासग गासिएको,गौरबसग गासिएको र पहिचानसग जोडिएको भन्दै उनले यस खेलको महत्व र गरिमा बिशेष ढंगबाट स्थिापित भएको बताएका छन ।

खेलाडीहरुलाई श्रेष्ठले भने ,”तपाईहरु मैत्रिपूर्ण खेल खेल्न जादै हुनुहुन्छ, मेरो शुभकामना छ । यो मैत्रिपूर्ण खेल हो,अन्य प्रतियोगिता,च्याम्पियनशिप जस्तो परिणाम नहुन सक्छ । तर हरेक प्रतिस्पर्धाको आफ्नै महत्व हुन्छ । तपाईहरु राष्ट्रिय खेलको टिम,राष्ट्रको टिम सारा नेपालीको ध्यान चासो र जिज्ञासा हुन्छ तपाईहरुको खेलमा हुन्छ । यहाहरु राष्ट्रको प्रतिष्ठा बोकेर खेल्न गादै हुनहुन्छ” ।

श्रेष्ठले थपे , भाग्यलाई बनाउने पनि मेहनतनै हो ,भाग्यमा छ भन्दैमा डोकामा दुध दोहेर अडिदैन् । भाग्यमा भए पनि प्राप्त गर्न परिश्रम–मेहनतनै गर्नु पर्छ । हामीले मेहनत गयौं भने भाग्य पनि सगसगै खोग्दै आउछ । दुनियामा खेलका महारथी भन्नेहरुको पोजिसन पनि परिबर्तन हुदै आएका छन् ” ।

इमवहादुर मगरको कप्तानीमा नेपाली टिमले माघ १४ र १५ गते हङकङको राष्टिय टिमसग दुई मैत्रिपूर्ण खेल खेल्ने छ । त्यस्तै मकाउको राष्टिय टिमसग एक मैत्रिपूण खेल माघ १७ गते खेल्ने कार्यक्रम रहेको छ ।

नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्माको नेतृत्वमा बिहिवार त्यसतर्फ प्रस्थान गर्ने नेपाली टोली २१ सदस्य रहेको छ । नेपाली टोलीमा कप्तान इम सेटरको भूमिका रहने छन् । त्यस्तै ओपन स्पाईकरमा मानवहादुर श्रेष्ठ,कुलवहादुर थापा,धनवहादुर भट्ट र दिलवहादुर सुनार रहेका छन् । हरिवहादुर अधिकारी,महेन्द्र श्रेष्ठ र भैरब बमले क्विइक स्पाईकरको भूमिका निर्वाह गर्ने छन् ।

टोलीमा अलराउण्डको भूमिकामा राजकुमार निरौला र नरेन्द्र गिरी रहेका छन् । लिब्रो (डिफेनस) को भूमिकामा इश्वर थापा रहदा सहायक सेटरको जिम्मेवारी दुर्गाप्रसाद महत्तोले निभाएका छन् ।

नेपाल भलिबल संघका अध्यक्ष शर्माका साथमा महासचिव जितेन्द्रबहादुर चन्द र बिद्यालय भलिबल कमिसनका उपाध्यक्ष युवाराज श्रेष्ठ पनि टोलीका सदस्य हुन । उनीहरुले नेपाली भलिबलको बिकास र बिस्तारमा दुई देश बीच सहयोग आदनप्रदानका लागि हङकङ र मकाउका भलिबलका उच्चपदाधिकारी सग महत्वपुर्ण छलफल गर्ने कार्यक्रम रहेको छ ।

नेपाली टोलीमा बिरेन्द्र चौधरी मुख्य प्रशिक्षकको भूमिकामा रहदा सहायक प्रशिक्षकमा जगदिश भट्टले प्रशिक्षण दिने छन् । टिम ब्यवस्थापको रुपमा नेपाल भलिबल संघका सदस्य राजकुमार गुरुङ रहेका छन् । टोली सगै रेफ्रीको भूमिकामा एशियन रेफ्रि क्यानिडेड पुर्णप्रसाद चौलागाई पनि साथमा रहने छन् । नेपाली टिममा दुई खेल पत्रकार पनि त्यस तर्फ जादैछन् ।

तपाइँको प्रतिक्रिया ।