विराटेश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्वारा बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण
कपन अनलाइन
बिराटनगर, माघ ११ ।
बिराटनगर महानगरपालिका वडा नं ९ हिमालयन रोडमा रहेको विराटेश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत हिजो विराटनगर महानगरपालिका वडा नं १० श्री आदर्शआधारभूत बिद्यालयमा पढ्ने करिब ६० जना निम्न आय भएका बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरेको छ।
शितलहरको कारण कठ्याङ्ग्रिदै बिद्यालय आउने विद्यार्थीहरुलाई राहत स्वरुप उक्त न्यानो कपडा वितरण गरिएको संस्थाका संचालक समितिका सदस्य कृष्ण प्रसाद पौड्यालले कपन अनलाइनलाइ जानकारी गराए ।
उक्त न्यानो कपडा वितरण कार्यक्रमका प्रमुख अतिथि बिराटनगर महानगरपालिका वडा नं १० का वडा अध्यक्ष माधब प्रसाद वाग्ले रहेका थिए भने विराटेश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संचालक समितिका सदस्य लगायत बिध्यालयका शिक्षक शिक्षिका एबम बिद्यार्थीहरुको उपस्थिति रहेको थियो।
कार्यक्रमको सभापति सस्थाका अध्यक्ष युबराज अधिकारी रहेका थिए। न्यानो कपडा पाए पछी बिद्यार्थीहरुले खुसि ब्यक्त गरेकाले संस्थाले आगामी दिनमा पनि सामाजिक कामलाई अघि बढाउने बताएको छ ।