जनताले लगाएको ऋण उनीहरुको सुख दुखमा साथ् दिएर तिर्नेछु :रामेश्वर फुँयाल (सदस्य,प्रदेस नं ३ )
कपन अनलाइन
काठमाडौ,माघ ११ ।
काठमाडौं निर्वाचन क्षेत्र नं ३ प्रदेस क्षेत्र २ का नवनिर्वाचित प्रदेस सभा सदस्य रामेश्वर फुयालले जनताले आफुलाई निर्वाचित गराएर राष्ट्रिय ऋण लगाएको र त्यो ऋण विकास निर्माण सहित जनताको सुख दुखमा साथ् दिएर तिर्ने बताएका छन ।उनले क्षेत्रको विकास निर्माण, नियमित कामका साथै प्रदेस सभामा दरिलो ढंगले प्रस्तुत हुने र क्षेत्रका जनता संग निर्वाचन दौरान गरेका वाचा र प्रतिवदत्ताहरु पुरा गर्न दत्तचित भएर लाग्ने बताएका छन ।
सपथ ग्रहणगरे पश्चात कपन अनलाइनलाई प्रतिक्रिया दिदै उनले आफ्नो नारा नै “बागमती सफा राखौ र राजनीति सफा गरौ” साथै “भनसुन बिनाको राजनीति र मनसुन बिनाको सिचाई” र “ घर घरमा राष्ट्रिय झण्डा जन जन ले बोलौ ‘ जय नेपाल’ ” भन्ने अभियानका साथमा काम गर्ने पनि बताए।
अवका दिनमा आफ्नो क्षेत्र र प्रदेसको विकास निर्माण र क्षेत्रको समृधिका साथमा प्रदेसमा बनाउनु पर्ने नियम ,कानुन,विधि र प्रक्रिया निर्माण गर्ने काममा सक्रिय हुने बताउदै नमुना प्रदेश बनाउन भूमिका खेल्ने समेत बताए।
उनले सुरुंग मार्ग र प्रदेशको ग्रामिण चक्रपथ बनाउन समेत भूमिका खेल्ने बताए जसमा जनताको साथ् र सहयोग आवश्यक रहेको बताए। ।उनले निर्वाचनमा सहयोग गर्ने आम जनता बाम गठबन्धनका सहयोद्दा र सबै समर्थक सुभचिन्तक, मतदाताहरुलाई धन्यवाद पनि दिएका छन ।