संचार माध्यमको पहलमा सार्वजनिक सम्पत्ति जोगियो

संचार माध्यमको पहलमा सार्वजनिक सम्पत्ति जोगियो

कपन अनलाइन 

काठमाडौ,माघ ११।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० ह्यान्डबल चौर नजिक रहेको निजि जग्गा प्लटिंङ र सार्वजनिक सम्पतिमा क्षेती पुगेको विषय केहि दिन देखि निकै चर्चामा रहेको छ । धेरै सार्वजनिक संस्था र स्थानहरु रहेको उक्त स्थानमा हुदै गरेको निजि जग्गा प्लटिंङले आफ्नो व्यवसायिक कार्य गर्दा त्यहाँ रहेका सार्वजनिक सम्पतिहरु जस्तै पार्क ,ब्याडमिन्टन कोर्ट र अन्य तार जाली लगायतको क्षति पुर्याए पछी स्थानीयहरुको विरोध आएको थियो ।

त्यसै प्रसंगमा यस क्षेत्रलाई आधार बनाएर क्रियाशील रहेका संचार मध्यमहरुले त्यस सम्बन्धि समाचार प्रकासन गरेका थिए ।ति संचार माध्यमले सार्वजनिक सम्पति र जग्गा दुवै संरक्षण हुनुपर्ने माग सहित नियमित समाचार प्रकासन गरे पछी सो निजि प्लटिंङ,सथानीय सरकार र संचार मध्यम विच छलफल भएर सो जग्गा भित्र कुनै सार्वजनिक जग्गा रहे नरहेको समेत पत्ता लगाउनु पर्ने बहस भयो ।

यो प्रसंग चल्दै गर्दा धेरै आशंका ,अनुमान र चर्चा चल्यो । यहाँ आर्थिक चलखेल , अवान्छित मिलेमतो ,लेनदेनको मिलोलाई , डर त्रास ,धम्की ,प्रलोभन जस्ता शव्दावली र विषयहरुले ठुला ठुला मंच देखि सामान्य चियापसल सम्म स्थान पाए ।

कपन अनलाइनले पाठक चौतारी मार्फत स्थानीयहरुको आवाज सरोकारवाला पक्ष समक्ष पुर्यायो भने काठमाडौं खबरले यस सम्बन्धि चरणवद्ध समाचार प्रकासन गर्यो जसले गर्दा सुरुवाती चरणमा मौन रहेका सरोकारवाला पक्षहरु यसमा चासो दिन बाध्य भए र सो जग्गाको नाप जांचको काम भयो ।

यस क्रममा धेरै स्थानीयहरु ,राजनीतिक दलका नेता र सामाजिक संघ संस्थाले यस विषयमा चासो ,चिन्ता र सकारात्मक भूमिका निर्वाह गरेका छन ।यसमा सदाबहार खेलकुद समाज ,पार्क व्यवस्थापन समितिले यस विषयमा सक्रियता पुर्वक भूमिका निर्वाह गरे भने यस प्रसंगमा राजन पोखरेल ,शिव बजगाई ,सुवाष राई ,राजु बिक्रम थापा ,धुर्वराज न्यौपाने,बद्री भट्टराई  लगायतका स्थानीय नेताहरुको सकारात्मक भूमिका रहयो ।

त्यसतै यस प्रसंगमा बुढानिलकण्ठ नगरपालिका वडा नं १० को समस्या समाधानका लागि सहजीकरण को भूमिका निकै सकारात्मक रहयो भने सार्वजनिक सम्पति संरक्षणमा स्थानीय तहले देखाएको तदारुकता नीकै सह्रानीय रहेको चर्चा समेत भयो ।

त्यस निजि प्लटिंङको बुनपा १० का सदस्य चन्द्रमान श्रेष्ठको उपस्थितिमा अमिनी द्वारा नाप जांच हुदा करिव १२९ बर्ग मिटर सार्वजनिक जग्गा निस्कियो जुन नितान्त यस क्षेत्रका जनताको आफ्नो सामुहिक सम्पत्ति हो । यो जग्गा यसरि निजि प्लटिंङ नाप जांच गरेर निस्किदा धेरै प्रश्न पनि यसै जग्गा संगै निस्किएका छन ।

  • के यो जग्गा संचार माध्यमको सक्रियता नभएको भए यसै निजीमा परिणत बन्थ्यो ?
  • कतै कुनै मिलेमतो र प्रपन्चका रुपमा यो जग्गा प्लटिंङमा मिसाइएको थियो ?
  • के नगरपालिकाका अन्य स्थानमा पनि यो प्रवृति रहेको त् छैन ?

यी प्रश्न संगै आउने सबैभन्दा ठुलो प्रश्न हो सार्वजनिक सम्पति माथि किन यसरी अतिक्रमण हुन्छ र यसको प्रश्रय कसरी हुन्छ ?

सायद यस्ता प्रश्नको उत्तर आगामी दिनमा अन्य स्थानमा पनि खोजिने छन ।यस्तो खोजीमा यस प्रकरणले संचार माध्यमको भूमिकालाई महत्वपूर्ण बनाएको त् छ नै त्यस भन्दा पनि यसले अन्य सामाजिक संघ संस्था ,युवा क्लव,राजनीतिक दलका कार्यकर्तहरुलाई निकै संवेदनशील र सचेत बनाएको छ ।जुन नगरपालिकाको सार्वजनिक सम्पति संरक्षण अभियानको महत्वपूर्ण उपलव्धि र बलको रुपमा रहेको छ ।

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।