कपन गाविस सचिव कार्यालय समयमा कुनै कार्यक्रममा अतिथि नबन्ने
कपन अनलाइनकपन गाविसका सचिव लोमस आचार्यले कार्यालय समयमा कुनै पनि कार्यक्रम अतिथि वा प्रमुख अतिथिको रुपमा नबोलाउन अनुरोध गरेका छन् । उनले यसरी बोलाइएमा आफू उपस्थित नहुने प्रश्ट पारेका छन् । कपन गाविसको वार्षिक समिक्षा कार्यक्रममा बोल्दै उनले ठूलो जनसंख्या भएको कपनमा थोरै कर्मचारीबाट धेरै सेवा दिनुपर्ने हुँदा यसरी कार्यालय समयमा विभिन्न कार्यक्रममा जाँदा सेवाग्राही मर्कामा पर्ने भएकोले आफू यस्ता कार्यक्रममा नजाने जनाएका हुन् ।
कपन गाविसमा आएपछि विभिन्न प्रभावकारी कार्यक्रमलाई जोड दिएका कारण जनप्रिय बनेका लोमस आचार्यले आफूले मात्र चाहेर काम भएको हैन भन्दैै कपनमा क्रियाशिल राजनीतिक पार्टीका अगुवाहरुको खुलेर प्रशंसा गरे । आफ्ना विभिन्न काम छाडेर राजनीतिक दहरुले निःशुल्क सहयोग गरिरहेका कुरालाई कसैले भुल्न नहुने बताउँदै गाविसले मात्र यतिखेर राज्य छ भन्ने अनुभव दिएको जनाए । उनले राजनीतिक दलका प्रतिनिधिहरुले सर्वदलीय संयन्त्र, अनुगमन समिति तथा अन्य समितिमार्फत रात बिहान केही नभनी गाविसका कामहरु गरिरहेको कुरा जनसामान्यले पनि बोध गर्नुपर्ने बताए ।