पायोनियर पब्लिक स्कुलले कोरियन स्वयंसेवकहरुलाई बिदाई गर्यो

पायोनियर पब्लिक स्कुलले कोरियन स्वयंसेवकहरुलाई बिदाई गर्यो

कपन अनलाइन

काठमाडौँ,पौष २८ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२  मा रहेको पायोनियर पब्लिक स्कुलमा  दक्षिण कोरियामा रहेको गारुङजु युनिभर्सिटी  बाट आएका स्वयंसेवकहरुलाई हिजो विद्यालयले एक कार्यक्रमका बीच उनीहरुलाई  बिधाई गरेको छ। १५ दिनका लागि  नेपाल आएका  कोरियन भोलिन्टेयरहरू धेरै समय विद्यालयका विद्यार्थीहरूको  साथमा विभिन्न गतिविधिहरू मा संलग्न भएका थिए ।

विद्यार्थीहरूलार्इ व्यावहारिक शिक्षा र संस्कार सिकाउँदै  आत्मनिर्भर बनाउनको  लागि  समयानुकुल नयाँ अभ्यासको रुपमा विद्यालयले  यो कार्यक्रम अघि सारेको  थियो  ।  नेपालको नेसनल सपोर्ट र एजुकेशनल भोलिन्टेयर फाउन्डेसन (नेकोस)  संगको  एसोसिएसनमा उक्त टिम बिद्यालयमा आएको थियो ।  जसलाई कपनको रोटरी क्लब लगायत अरु थुप्रै ब्यक्तिहरुले सहयोग गरेका  थिए ।

उक्त बिदाइ कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकारका रक्षा मन्त्रि भीमसेन दास प्रधान रहेका थिए भने बिशेष अतिथि प्रदेश सभा सदस्य   कुसुम कुमार कार्की , प्रदेश सभा सदस्य नुच्छे नारायण श्रेष्ठ रहेका थिए ।

त्यस्तै गरि  अतिथिहरुमा बुढानिलकण्ठ नगरपालिका वडा नं १० का वडा अध्यक्ष नवराज भट्टराई त्यस्तै गरि  कोरियन राजदुतावासका प्रतिनिधि क्वान क्वान ,वडा नं ११ का अध्यक्ष राजु अधिकारी, नेपाली कांग्रेसका क्षेत्रीय सचिब बिनोद चालिसे ,रहेका थिए ।  उक्त कार्यक्रमका सभाध्यक्षता समाजसेवी एबम  नेकोसका  अध्यक्ष अक्कल तामांग रहेका थिए। कार्यक्रम संचालन दिबेश खत्रीले गरेका थिए ।

कार्यक्रममा बोल्दै नेपाल सरकारका रक्षा मन्त्रि भीमसेन दास प्रधानले विद्यालय बिद्यार्थीहरुको स्वर्णीम भबिष्यको साथै दुवै देश प्रति संस्कार शिक्षाको बारेमा अनुभब बाढ्ने र  भावानात्मंक सम्बन्ध बिकासमा टेवा पुग्ने बताउदै   यस किसिमको कार्य पायोनियरले गरेको मा  आफु खुसि भएको बताएका थिए ।उनले पायोनियर पब्लिक स्कुल लाइ शुभकामना दिएका थिए। ।

कार्यक्रममा बोल्दै काठमाडौँ निर्वाचन क्षेत्र नं ४ प्रदेश ख बाट बिजयी भएका सभासद कुसुम कुमार कार्कीले  कार्यक्रममा सहभागी हुने मौका दिएकोमा आयोजकलाई धन्यबाद दिंदै यस किसिमका कार्यले बिद्यार्थीहरुको सिकाइमा धेरै सहयोग पुग्ने बताएका थिए। उनले भबिष्यमा  आवश्यक सहयोग गर्नको लागि आफु सदैब तयार रहेको  बताएका थिए ।

सभाध्यक्षको आसन बाट बोल्दै नेकोसका अध्यक्ष अक्कल तामांगले कार्यक्रमको समापन गर्दै विद्यालयले पुर्याएको  सहयोग र यो १५ दिने कार्यक्रमलाई भब्य रुपले सम्पन्न गर्नको लागि भूमिका खेल्ने  सम्पुर्ण बिद्यालयका टिम  प्रिन्सिपल लगायतलाई धन्यबाद दिएका थिए।

प्रमुख अतिथि तथा कोरियन स्वयं सेवकहरुलाई बिद्यालयका प्रिन्सिपल राजन श्रेष्ठले  मायाको चिनो प्रदान गरेका थिए। रात्रीभोज संगै उक्त कार्यक्रम समापन भएको थियो ।    

फोटो सौजन्य : राजन श्रेष्ठ

 

तपाइँको प्रतिक्रिया ।