चन्द्रागिरी नगरपालिकाका प्रमुख ३ प्राथमिकता र योजनाहरु

चन्द्रागिरी नगरपालिकाका प्रमुख ३ प्राथमिकता र योजनाहरु

कपन अनलाइन

काठमाडौँ,पौष २८  ।

चन्द्रागिरी  नगरपालिकाका प्रमुख  घनश्याम गिरी  लामो समय देखी समाजसेवा र राजनीतिक क्षेत्रमा क्रियाशील रहेका व्यक्ति हुन् २०२० साल चैत्रमा  थानकोटमा बुवा स्व . क्याप्टेन  शेर बहादुर गिरी  र माता माइली गिरि कोखबाट जन्मेका  घनश्याम गिरी   २०७४ बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा चन्द्रागिरी  नगरपालिका प्रमुखमा निर्वाचित भएका थिए।

गिरीका   ३ प्राथमिकता , ३ योजनाहरु र १ विशेष योजनाको वारेमा तयार पारिएको सामग्री नगर प्रमुख गिरिकै शव्दमा यहाँ प्रस्तुत गरिएको छ ।

चन्द्रागिरि नगरपालिकाका प्रमुखका ३ प्राथमिकता

चन्द्रागिरी  नगरपालिका प्रमुखका धेरै कामहरु मध्य तल प्रस्तुत गरिएका कामहरु पहिलो प्राथमिकतामा परेका छन । जनमत बाट विजयी बनेकोले जनताको हित र सेवा पहिलो काम रहेको  बताउने प्रमुख घनश्याम गिरीले यही कुरालाई ध्यानमा राखेर प्राथमिकता चयन गरेका छन ।चन्द्रागिरी नगरपालिकाले आफ्नो कार्यसम्पादनको शिलशिलामा निम्न कुराहरुलाई आफ्ना मुख्य ३ प्राथमिकतामा राखेको प्रमुख गिरि  बताउछन  ।

प्राथमिकता १: सडक बाटो

हाम्रो कार्यसम्पादनको पहिलो प्राथमिकता भनेको नगरपालिका भित्र रहेका सडकहरुको विस्तार,सुधार,निर्माण र मर्मत हो ।हामीले टोल स्तरीय ,वडा स्तरीय र नगर स्तरीय बाटोहरुका योजना तयार पारेका छौ।

अहिले नागढुंगा कलंकी बाटो जुन अहिले अत्यन्तै  नाजुक अवस्थामा रहेको छ। त्यसकारणले यो बाटो र ठाउ ठाउको सहायक बाटोहरु पनि  बिग्रिएको अवस्थामा छ। त्यसलाई पहिलो चरणमा पुरा गर्नु हाम्रो दायित्व भित्र पर्छ।

प्राथमिकता २ : सुशासन

नगरपालिका भित्र सुसाशन भएन भने त्यहाँ कुनै पनि कार्यसम्पादन राम्रो संग हुदैन। त्यसले जनतालाई आफ्ना प्रतिनिधि नगरपालिकामा भएको अनुभूति पनि कदापी दिदैन। त्यसैले यस नगरपालिकाको दोस्रो  प्राथमिकतामा यो परेको हो ।

जनताको काम तत्काल गर्न सकिएन भने हामीले प्राप्त गरेको मतको अपमान हुन्छ। त्यसैले आन्तरिक प्रशासन सुधार र कार्य सम्पादनमा चुस्ततालाई ध्यानमा राखेको छु ।

जनताले सरल रुपमा जनप्रतिनिधिहरु निर्वाचित भएर आइसकेपछी नगरपालिका बाट प्राप्त हुने सरकारी कामहरु सुशासन र आर्थिक अनियमितता बिना  र सरल तरिकाले सेवा पाउने पर्ने हुन्छ, त्यसैले सुशासन हाम्रो दोस्रो प्राथमिकतामा रहेको छ ।

प्राथमिकता ३ : खानेपानी

खानेपानीमा पनि अहिले बिभिन्न वडाहरुमा बोरिंग मार्फत खानेपानी  वितरण भइरहेको छ ।थानकोट महादेवस्थान ,मातातिर्थ लगायतका केहि स्थानमा अहिले अन्तिम चरणमा पुगेको छ।

पाइपहरु बिछ्याउने कामहरु भइरहेको छ र अब दुइ चार महिना भित्रमा त्यी ठाउहरुमा पानी जानेछन र बाँकी ठाउहरुमा पनि कार्य सुधार भइरहेको छ।   अरु निर्माण काम हरु गर्न केहि ठाउ  बाँकी रहेको छ ।त्यी ठाउहरुमा आगामी वर्ष त्यसलाई पुरा गर्छौ ।

प्रमुख योजनाहरु 

योजना नं १ :   फोहोर ब्यबस्थापन  हरियाली बनाउने  काम

फोहोर ब्यबस्थापन को जिम्मा अहिले हामीले लगानी बोर्डलाइ जिम्मा लगाएका छौ। लगानी बोर्डलाइ जिम्मा दिएको हुनाले उ मार्फत दश वटा नगरपालिका किर्तिपुर बाहेक दश वटा नगरपालिकामा एक मुष्ट रुपमा एकीकृत ढंगले फोहोर मैला ब्यबस्थापनको काम हुँदैछ।

त्यो आफ्नो कार्यक्रम अगाडी बढाएपछी त्यो फोहोर मैला ब्यबस्थापन हुनेछ ।त्यस पछि हामि अन्य बिकासका सांस्कृतिक पर्यटन क्षेत्रमा पनि हामी काम हरु गरिरहेका छौ।

अर्को भनेको हरियाली नगरपालिका बनाउने योजना रहेको छ ।त्यसको लागि नगरपालिका बाट ४० लाख रुपैया नगरपालिकाले ४० लाख त्यहाको समुदायले र अरु थप रकम पनि हालेर त्यहा कामहरु पनि भइरहेको छ।

योजना नं २  : सडक स्तरुन्नती

अन्य नगरपालिकाले  तत्काल गर्न लागेको योजना भनेको  राधाकृष्ण टोलमा बाटो पिच गर्ने काम भैरहेको छ। १ करोड जति त्यहाको स्थानीय समुदायको आधा रकम र हामीले आधा रकम बेहोरेर त्यो काम चालु अवस्थामा सम्पन्न भएको छ।

नगर स्तरीय नमुना सडकहरुमा बोसी गाउ जाने अगाडिको बाटो पनि ९२ लाख रुपैया दिएका छौ ।त्यस्तै गरि अरु ठाउहरुमा पनि अहिले भर्खरै सतुंगल मा पनि पिच गरेका छौ ।सतुंगल को मुख्य सडक बाट स्कुल हुँदै जाने बाटोहरुमा भर्खरै लगभग ४५ लाख बराबरको कामहरु त्यहा सम्पन्न भएको छ र बाँकी काम सम्पन्न गर्नलाई हामीले बिधुत प्रधिकरणलाइ त्यहा आयोजना  स्टेसन बनिरहेको छ त्यसलाई अनुरोध गरेका छौ ।

उसले १ करोड ६ लाख रुपैयामा त्यो माथि बौथली चोक सम्म नै मातातिर्थ जाने चोक सम्म उसले पिच गरेर ढल ब्यबस्थापन गर्ने काम सुरु भएको छ।

अरु घ्याम्पे डोल बाटो जुन कलंकी नागढुंगा जाने बैकल्पिक राजमार्ग त्यहा पनि बाटो हाइवे तयार नभएकोले सबै बाटोहरु त्यहा भएकोले बाटो  बिग्रिरहेको छ।

त्यहा पनि हामीले सडक विभागलाई अनुरोध गरेर टेन्डर भएको छ सडक निर्माण गर्ने मेन हाइवे नगरपालिकाको दायित्व भित्र पर्दैन तर त्यसलाई पुरागर्न अब अर्को महिनाको २ गते आयोजना प्रमुख हरुलाइ बोलाएको छु ।

उहाहरुले त्यो अदालतमा मुद्दा परिरहेको  घरहरुलाई चिन्हो लगाउने र सडक बिस्तार गर्ने क्रममा अवरोध आएका घरहरुलाई कसरी सहजीकरण गर्ने भन्ने सम्बन्धमा मैले सम्पूर्ण टिमलाइ बोलाएको छु ।

उहाहरुलाई सडकमा आफै  उत्रेर त्यो नागढुंगा कलंकी ट्राफिक जाम र जुन बाटो निर्माणको क्रममा ढिलाई भइरहेको छ।  त्यो काम गर्ने रहेको छ।

योजना नं ३ : पर्यटन

 पर्यटन को लागि हामीले तीन वटा प्रमुख धार्मिक स्थलहरु यहाँ रहेको छ। इन्द्रदह राष्ट्रिय स्तरका मेला पर्व हुनेछ ,मातातिर्थ त्यहा बर्षको एकपटक हरेक वर्ष मेला लाग्ने गर्छ र अर्को मच्छे नारायणको मेला यी तीन वटा राष्ट्रिय स्तरको मेला हो ।

त्यो भन्दा बाहेक क्षेत्रीय मेला सातगाउले जात्रा लगायत अन्य स्थानीय बलम्बु थानकोट लगयत का अन्य स्थानीय जात्रा पर्वहरु पनि छन।  यी जात्रा पर्वहरुको धार्मिक सांस्कृतिक महत्व बोकेका यी ठाउहरुमा हरेक वर्ष लाखौ  धार्मिक तिर्थयात्रीहरु ,समुदायका  मानिसहरु आउने भएकोले त्यसले पनि केहि मद्धत पुर्याउने हुन्छ। त्यसपछि अर्को भनेको यहाको पर्यटकीय क्षेत्र हो ।

अहिले यहाँ चन्द्रागिरी केवल कार को जो पर्यटनको प्रमुख गन्तव्यको रुपमा काठमाडौँ उपत्यकामा भइआएको छ ।त्यसले पनि पर्यटनलाइ भित्र्याउने क्रममा छ।

त्यस्तै गरि धार्मिक क्षेत्र मातातिर्थ ,इन्द्रथान झाँगहिटी ,मच्छेगाउमामा होमस्टे को मार्फत केहि पर्यटक रहेको क्षेत्रमा एकदिन बढी बढाउने पक्षमा हामि रहेका छौ। त्यस तर्फा आज पनि म पर्यटन बोर्डमा जाँदै छु।

त्यस संग सम्बन्धित कुरामा अगाडिनै चेतना तालिम हरु संचालन गरेर पर्यटन विकास गर्ने योजना रहेको छ । त्यसैले यस नगरपालिका भित्रका सबै स्थानको उपयोग गरि पर्यटकीय नगरको रुपमा चन्द्रागिरी  नगरपालिकाको  विकास गर्ने हाम्रो योजना रहेको छ  ।

 विशेष योजना : अब आहिले आएको राष्ट्रिय योजनाहरुमा चन्द्रागिरी नगरपालिका भित्र भएर नेपालकै उदाहरणको रुपमा पहिलो सुरुंग मार्ग निर्माण हुने  क्रममा छ। त्यसमा जग्गा अधिकरण गर्ने र जग्गा रोक्का गर्ने कामहरु सबै सम्पन्न भइसकेको छ।

मुवाब्जा वितरण गर्ने कामको अन्तिम चरणमा आइपुगेका छौ । त्यो मुवाब्जा वितरण पश्चात चन्द्रागिरी नगरपालिका को यो टुटे पाखा भन्ने ठाउ बाट सिस्ने खोला  नौबिसेको माथि सम्म हामी सुरुंग मार्ग निर्माण गर्ने क्रमको अन्तिम चरणमा पुगेका छौ। र त्यसको टेन्डर आव्हान हुदैछ, मुवाब्जा वितरण गर्ने काम पहिलो समस्याको रुपमा रहेको छ।

अनि यहाँ बाट हेटौडा जाने गणेश मान  राजमार्गनिर्माण गर्ने क्रममा रहेका छौ ।चन्द्रागिरी भन्ज्यांगमा अलिकति समस्या आएको छ , त्यो सहजीकरण गरिसकेपछि यहाँ बाट हेटौडा छिट्टो पुग्न सकिन्छ ।लगभग डेढ घण्टामा हेटौडा  पुग्ने बाटो प्रमुख प्राथमिकतामा राखेका छौ भने बल्खु करिडोर सिप्रदी बाट नागढुंगा सम्म जाने अर्को खोलाको दाया बाया बल्खु करिडोरको निर्माण गर्ने क्रममा हामी डि पी आर  तयार गर्ने क्रम सुरु भएको छ।

त्यो डि पी आर  तयार भइसकेपछी राष्ट्रिय योजनामा पारेर त्यसलाई हामी अझ अर्को बाटो बनाउने कराममा छौ ।यति बाटो निर्माण भएपछि अनि यहाहरुको हरेक कुरामा सहजीकरण हुन्छ भन्ने छ। त्यसपछि  खुल्ला अरु बाटोहरुको पनि यहाँ रिंङक रोड नगरपालिका बाट हुन लागेको छ ।यो भए पछि अलि सहजीकरण हुनेछ भन्ने लागिरहेको छ।

तपाइँको प्रतिक्रिया ।