बुढानिलकण्ठ -१० का साहित्यकारहरुको निवासमा विशेष पहिचान सहितको विवरण राखियो
कपन अनलाइन
काठमाडौ,पौष २७।
कपन बानेश्वर साहित्यिक साप्ताहिक पत्रिकाले बुढानिलकण्ठ नगरपालिका लाई साहित्यिक पर्यटकीय क्षेत्र बनाउने उदेश्यले संचालन गरेको साहित्यकार निवासमा व्यक्तिगत विवरण राख्ने क्रममा आज बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा वसोवास गर्ने साहित्यकारहरुको निवासमा नेम प्लेट राखेको छ ।
बुढानिलकण्ठ नगरपालिका वडा नं १० का अध्यक्ष नवराज भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा नं १० मा बसोवास गर्ने साहित्यकार हरु , वडा नं १२ का सदस्य पुरुषोत्तम नेपाल ,साप्ताहिकका सल्लाहकार शंकर भारती ,संरक्षक चित्रकार हेम पौडेल,शान्तिनगर उपभोक्ता समितिका कार्यबाहक अध्यक्ष माधव श्रेष्ठ , साहित्यकार थरेंद्र बराल,नियात्राकार विष्णु प्रसाद शर्मा लगायतको उपस्थिति रहेको थियो।
संस्थाको तर्फ बाट साहित्यकार गंगा पौडेलले स्वागत गरिएको कार्यक्रममा प्रमुख अतिथि भट्टराईले चाडै आफ्नो वडामा पुस्तकालय स्थापना गर्ने र सो स्थानमा वडाका साहित्यकारहरुका कृतिलाई विशेष स्थान दिने बताएका थिए ।
कपन बानेश्वर साहित्यिक साप्ताहिकका सम्पादक तथा यस अभियानका मुख्य अभियन्ता निवन्ध आचार्यले यो अभियान काठमाडौं महानगरपालिका वडा नं ६ र बुढानिलकण्ठ नगरपालिकाका अन्य वडामा समेत संचालन हुने जानकारी दिएका थिए ।