कागेश्वरी मनोहरा नगरपालिकाका उत्कृस्ट विद्यार्थीहरु सम्मानित
कपन अनलाइन
काठमाडौ,पौष २३।
कागेश्वरी मनहरा नगरपालिकाको गोठाटारमा रहेको अक्षरा स्कुलमा कागेश्वरी मनहरा नगरपालिकामा २०७३ सालको एस ई ई परिक्षामा सर्बोकृष्ट हुने सामुदायिक तथा निजि बिध्यालयहरु तथा बिध्यार्थिहरुलाइ सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा प्रमुख अतिथि काठमाडौँ निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचीत भएका नेकपा एमालेका बरिष्ठ नेता माधब कुमार नेपाल बिशेष अतिथि ,प्रदेश सभासद मणिराम फुयाल , रामेश्वर फुयाल , कागेश्वरी मनहरा नगरपालिकाकी उपमेयर विन्दु पुडासैनी(सिंखडा) प्याब्सन कार्यबाहक अध्यक्ष डि. के ढुंगाना,,वडा अध्यक्षहरु , वडा सदस्यहरु सहित विभिन्न संघ सस्थाका प्रतिनिधि ,नगरभित्रका निजि तथा सामुदायिक विद्यालयका शिक्षक ,बिद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रम को सभाध्यक्षता कागेश्वरी मनहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले गरेका थिए ।भने कार्यक्रम संचालन शिक्षा अधिकृत हेम प्रसाद आचार्यले गरेका थिए ।
उक्त सम्मान कार्यक्रममा सामुदायिक बिधालयको तर्फ बाट श्री आदर्श मा.बि भद्रबासका बिद्यार्थी जगदीश सापकोटालाइ सम्मान गरिएको थियो भने निजि तर्फबाट न्यु स्टारपोल बोडीङ स्कुलका बिद्यार्थी सुरज गिरि लाइ सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि माधब नेपालले बालबालिकाहरुलाई लाई समय सापेक्ष शिक्षा दिनुपर्ने मा जोड दिएका थिए। उनले सहभागी र समाबेसी शिक्षा आजको आवश्यकता रहेकोले राम्रो काम गर्नेलाई प्रोत्साहन र नराम्रो गर्ने लाइ दण्ड दिनुपर्ने बताएका थिए। साथै उनले अहिले सम्पूर्ण अधिकार स्थानीय तहमा आएकोले जनताको दैनिकी संग जोडिएको खानेपानी ,यातायात ,रोजगारी ,कृषि लगाएतका विषयमा पनि योजना बद्द तरिका बाट अघि बढ्नु पर्ने बताएका थिए ।
कार्यक्रममा बोल्दै प्रदेश सभासद मणिराम फुयालले नगरभरीका बिधालयहरु बीच भएको सिकाइ प्रक्रियालाई कसरी एकरुपता ल्याउन सकिन्छ, त्यस विषयमा आगमी दिनमा सोच्नु पर्ने र बिद्यार्थी सगै विषयगत उत्कृष्ट अक ल्याउन सहयोग गर्ने शिक्षकहरुलाई पनि सम्मान गर्नु पर्ने बताएका थिए । सोहि कार्यक्रममा बोल्दै काठमाडौँ निर्वाचन क्षेत्र नं ३ प्रदेश ख का सभासद रामेश्वर फुयालले नगरपालिकालाई शिक्षाको केन्द्र बनाउनु को साथै पर्यटन प्रबर्द्धन का निमित्त सबैले सकारात्मक भुमिका खेल्नु पर्ने बताएका थिए ।
सभाध्यक्षको आसन बाट बोल्दै कागेश्वरी मनहरा नगरपालिका का प्रमुख कृष्णहरि थापाले नगरलाइ शैक्षिक केन्द्र बनाउनका लागि जस्तोसुकै कदम चाल्न नगर तयार रहेको बताउदै त्यसमा सबैको साथ् र सहयोग को आवश्यकता रहेको बताएका थिए। साथै उनले आगामी दिनमा जनसहभागिता मुलुक बिकास निर्माण ,सुरक्षाको प्रत्याभूती सहित लगानीको बाताबरण निर्माण गर्ने बताएका थिए ।