पढ्ने बानीको विकास गर्ने अभियानमा कथालय

पढ्ने बानीको विकास गर्ने अभियानमा कथालय

कपन अनलाइन

काठमाडौँ,पौष २१।

ललितपुरमा रहेको कथालय इन्क सायद सुन्नु भएकै होला यो  लामो समय देखि नेपालमा पढ्ने बानीको बिकास गर्ने उदेश्यका साथ् पुस्तक प्रकाशन र पुस्तक ब्यबस्थापनमा काम गरिरहेको संस्था हो ।

कथालयले नेपाल सरकारको बिद्यालय पुस्तकालय कार्यक्रम अनुरुप बालबालिकाहरुको कक्षागत ,उमेरगत र क्षमतागत रुपमा तयार पारिएका कथालयका गुणस्तरिय बाल सन्दर्भ  सामाग्रीहरु पनि सुपथ  मुल्यमा बिक्रि गर्दै आइरहेको छ।

सबैको सहजताका लागि कथालयले पुस्तकालयको आवश्यकता अनुसार नेपालका अन्य ठूला प्रकाशनका चर्चित पुस्तकहरु सहित प्याकेजको ब्यबस्था समेत गरेको छ।

बिद्यार्थीहरुको शिप बिकास गर्न समेत पुस्तकहरु आवश्यकता रहेको कुरालाई मध्यनजर गर्दै आफुले उपलब्ध गराउने सामग्रीको गुणस्तरमा कुनै सम्झौता नगर्ने नीति संस्थाले लिएको प्रोडक्सन म्यानेजर शान्ता दाहालले बताइन ।

साथै यसले प्राइभेट बोर्डिंग ,मन्टेश्वरी स्कुल र सरकारी बिद्यालयका लागि उपयुक्त हुने कक्षाकोठामा राख्न सकिने पुस्तकालय झोला समेत तयार गरेको छ ।जुन झोलामा कक्षागत र उमेरगत ५० वटा सम्म पुस्तक राख्न सकिने छ । जसलाई  पढाई कुना (Reading Corner ) वा कक्षा कोठाको पुस्तकालयको रुपमा प्रयोग गर्न सकिन्छ। यस्तो झोला नेपाल सरकार उद्योग विभागमा कथालयको रजिस्टर्ड डिजाइन हो ।

यदि तपाइहरुको पुस्तकालयलाई  पुस्तक , सन्दर्भ सामग्रीहरु तथा फर्निचर  खरिद गर्न वा पुस्तकालय ब्यबस्थापन गर्नको लागि सल्लाह सुझाब आवश्यक भएमा कथालयले सहयोग गरिरहेको  छ। त्यसको लागि ललितपुरमा रहेको कथालय इन्कको निम्न सम्पर्क नम्बरमा  सम्पर्क राख्न सक्नुहुनेछ।

सम्पर्क नम्बर: ९८५१२१९०४० / ९८१३३०११९९/ ९८०२०४७८७७

कार्यलय नम्बर : ०१-५५४६०४३/ ०१-५५३७४०३

 

तपाइँको प्रतिक्रिया ।