कपन बहुमुखी क्याम्पसले नयाँ विद्यार्थीलाई स्वागत गर्यो
कपन अनलाइन
काठमाडौ,पौष २१।
कपन बहुमुखी क्याम्पसले नयाँ शैक्षिक सत्रका लागि भर्ना भएका विधार्थीलाई स्वागत कार्यक्रम सम्पन्न गरेको छ ।
विविएस र बिएडमा १५० भन्दा बढी नया भर्ना भएका विद्यार्थीको लागि गरिएको स्वागत कार्यक्रममा दोस्रो, तेस्रो र चौथो वर्षका विद्यार्थीहरुले स्वागत सहित नाच गान प्रस्तुत गरेर कार्यक्रम गरेका थिए ।
प्रमुख अतिथि व्यवस्थापन समिति अध्यक्ष कुमारप्रसाद ओझा ले विद्यार्थीहरुको लागि गुणस्तरिय शिक्षा लागी सम्पुर्ण टिम लागेको बताउदै उचित वातावरण दिन सक्दा गुणस्तरियता सहित उच्च शिक्षाको लागि निजी सस्थामा जान नपर्ने अवस्था आउने जानकारी धारणा व्यक्त गरेका थिए ।
त्यसै गरि क्याम्पस प्रमुख भूमिदत्त पौडेलले शैक्षिक सस्था सञ्चालनको पहिलो आधार विद्यार्थी हुने हुदा उनिहरुको सन्तुष्ट्रिको लागि सधै लागि पर्ने प्रतिवद्धता व्यत गर्दै क्याम्पसलाई ब्रान्ड बनाउनको लागि अग्रेजी नेपाली माध्यम सहित अनुसन्धानमुलक पद्धतीमा जोड दिने र यस क्षेत्रको उच्च शिक्षा प्राप्त गर्ने उचित गन्तव्य वनाउन पहल गर्ने बताए ।
कार्यक्रमको अध्यक्षता बि.एड. दोश्रो वर्षकी जानुका खड्काले गरेकी थिइन् भने सुभकामना मन्तव्य विविएस चौथो वर्षका विष्णु श्रेष्ठले गरेका थिए ।कार्यक्रमको सञ्चालन वि.एड. दोश्रो वर्षका रिता थपलिया ले गरेकी थिइन् ।