तारेभिर क्षेत्र प्राकृतिक र सांस्कृतिक रुपले समृद्ध छ :उद्दव खरेल
कपन अनलाइन
काठमाडौ,पौष २१
बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेलले तारेभिर क्षेत्र प्राकृतिक र सांस्कृतिक रुपले निकै समृद्ध रहेको बताएका छन ।चौथो तारेभिर महोत्सव २०७४ को तयारी भेलामा खरेलले उक्त कुरा बताएका हुन् ।आफ्नो चुनावी अभियानमा उनले यस क्षेत्रमा पर्यटनको पूर्वाधार विकास गर्ने योजना सार्वजनिक गरेका थिए ।
खरेलले बुढानिलकण्ठ र गोकर्णेश्वर नगरपालिकाको उत्तरी भेगमा रहेका पहाड र डाँडालाई अनुत्पादक क्षेत्र हैन अव समृधिको आधार बनाउनु पर्ने बताए ।
नगरपालिकाको शिरानमा रहेको रास्ट्रिय निकुन्ज जनताको बाधक नभई विकासको साधकका रुपमा रहनु पर्ने भन्दै त्यहाको श्रोत तथा साधनको प्रयोगमा स्थानीयहरुको पहुच र स्वामित्व हुनुपर्ने उनको भनाइ थियो ।
उनले सो भेलामा चंडेश्वरी –बिष्णु पादुका –तारेभिर –कपन पदमार्ग बनाउने योजना रहेको भन्दै सो योजना सफल पार्न कुनै पनि राजनीति र भूगोल नभनी सबै लाग्नु पर्ने बताएका थिए ।
तारेभिर महोत्सव सफल पार्न आफ्नो नगरपालिकाका सबै जनप्रतिनिधि परिचालन गर्ने भन्दै उनले आफ्नो कविताको अंश पनि सुनाएका थिए ।