पायोनियर पब्लिक स्कुल बुनपा १२ मा सांस्कृतिक आदानप्रदानका लागि कोरियन स्वयं सेवक

पायोनियर पब्लिक स्कुल बुनपा १२ मा सांस्कृतिक आदानप्रदानका लागि कोरियन स्वयं सेवक

कपन अनलाइन

काठमाडौ,पौष २० ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ कपन स्थित पायानियर पब्लिक स्कुलमा कोरियन गारूङ्बन्जु युनिभर्सिटी अन्तर्गत ग्वांगनमका  भोलिन्टेयरहरूले शिक्षा र सांस्कृतिक आदानप्रदान सम्बन्धी  बिबिध  कार्यक्रम मंगलबारबाट सुरु भएको छ  ।

१५ दिनका लागि  नेपाल आएका  कोरियन भोलिन्टेयरहरू धेरै समय विद्यालयका विद्यार्थीहरूको  साथमा विभिन्न गतिविधिहरू मा संलग्न हुनेछन कपन अनलाइन को टिम पायोनियर पब्लिक स्कुल पुग्दा कोरियन भोलिन्टेयरहरू बिद्यार्थी हरुको दन्त प्रशिक्षण लगायत विभिन्न गतिबिधिमा संलग्न भैरहेका थिए। यसै बिषयमा केन्द्रित रहेर कपन अनलाइनले पायोनियर पब्लिक स्कुलका प्रिन्सिपल राजन श्रेष्ठ संग गरेको संक्षिप्त कुराकारी यहाँ प्रस्तुत गरेका छौ । .

कपन अनलाइन : कोरियन भोलिन्टेयरहरू आउनुको उदेश्य केके रहेका छन र कसरी कार्यक्रम अघि बढिरहेको  छ  बताइदिनुहोस न ?

राजन श्रेष्ठ : यो कार्यक्रम संस्कृति आदानप्रदान संग सम्बन्धित रहेको। छ जुन नेपाल र कोरियाको सस्कृति आदानप्रदान अन्तर्गत आएको कार्यक्रम हो ।विद्यार्थीहरूले नयाँ कुरा सिक्न पाउने  हुँदा विद्यार्थीहरूलार्इ व्यावहारिक शिक्षा र संस्कार सिकाउँदै  आत्मनिर्भर बनाउनको  लागि  समयानुकुल नयाँ अभ्यास को रुपमा हामीले यो कार्यक्रम अघि सारेको  हौ ।पढाई मात्र नभएर अतिरिक्त क्रियाकलापको रुपमा यो कार्यक्रम ल्याइएको हो  ।

यसमा ग्वांगनाम युनिभर्सिटीको कल्चरल एक्सचेन्ज टिम र जुन नेपालको पनि नेसनल सपोर्ट र एजुकेशनल भोलिन्टेयर फाउन्डेसन संगको  एसोसिएसनमा हाम्रो स्कुलमा आएको हो। यो सेकेन्ड जनवरी देखि ११ जनवरी सम्म कार्यक्रम चल्नेछ।

त्यसमा पहिलो दिनमा हामीले कोरियन भोलिन्टेयरहरूलाइ स्वागत कार्यक्रम राखेका थियौ । त्यसपछि उहाहरुले डेन्टल क्याम्प  संचालन गर्नु भयो। जुन भोलि सम्म चल्नेछ,  यस बाट साँढे ४ सय बिद्यार्थी हरु  लाभान्वित हुनेछन ।

त्यसका अलवा  उनीहरु विभिन्न  गतिविधिहरूमा संलग्न हुनेछन। त्यसको लागि  हामीले  विद्यालयका २ कक्षा देखि १० कक्षा सम्मको बिद्यार्थीहरु मध्ये बाट २०० जना  विद्यार्थीहरु छनौट  गरी ५० जनाको  ४ समुहमा विद्यार्थीहरूलार्इ विभाजन  गरेका छौ । त्यो ४ वटा समुहलाई  उहाहरुले नाम दिनुभएको छ ।

एउटा कल्चरल ग्रुप,  अर्को साइन्स ग्रुप ,त्यस्तै गरि भोलिन्टेयर ग्रुप अनि अर्को तेक्वान्डो ग्रुप। त्यसमा कल्चरल ग्रुपमा कोरियन भाषा देखि लिएर विभिन्न क्रियटिभ कुराहरु नेपाल र कोरियाको संस्कृति त्यहाको सस्कार ,भेष भुषाहरुको बारेमा जानकारी गराइने रहेको छ। त्यस्तै गरि भोलिन्टेयर ग्रुपमा भोलिन्टेयर कसरी गर्ने देखि लिएर र यो किन महत्व छ जस्तो कुरा हरु सिकाइने छ ।

अनि  तेक्वान्डोमा उहाहरुले नै तेक्वान्डो गुरुहरु लियर आउनु भएको छ ,उहाहरुले सिकाएर त्यसको  परीक्षा लिने पनि गर्ने कार्यक्रम रहेको छ । अर्को बाँकी रह्यो साइन्स ग्रुप त्यसमा  पनि  साइन्स रिलेटेड  कुराहरु उहाहरुले पढाउने देखि लिएर  बिद्यार्थीहरुलाई  विभिन्न गतिविधिमा  संलग्न गराउने कार्यक्रम रहेको   छ।

उनीहरू विद्यार्थीहरूसँग रहेर ट्रेडिसनल डान्स, टिचिङ, लर्निङ, विद्यार्थीको घर भिजिट लगायतका गतिविधिहरूमा उनीहरू संलग्न हुनेछन् ।

कपन अनलाइन :  कोरियाको कस्ता ब्यक्तिहरु अनि कति जनाको संख्यामा   आउनुभएको छ ?

राजन श्रेष्ठ : अहिले ३१ जना कोरिया बाट आउनुभएको छ ।त्यसमा ग्वांगनम युनिभर्सिटी प्रोफेसर २ जना हुनुहुन्छ । जसमा शिक्षक तेक्वान्डो गुरु र डेन्टिष्टहरु पनि हुनुहुन्छ। उहाहरुले अत्याधुनिक समाग्री जुन  डेन्टल परिक्षण को लागि चाहिने समाग्री सहित आउनुभएको छ ।

कपन अनलाइन : कोरियन भोलिन्टेयरहरु कति समय बस्नु हुनेछ ?

राजन श्रेष्ठ : उहाहरुको समय तालिका अनुसार बिद्यालयमा बिहान ९ बजे देखि बेलुका साँढे चार बजे सम्म बस्नु हुनेछ। अनि त्यस पछि आफ्नो होटेल मा जानु हुन्छ भने  पौष २७ गते सम्म उहाहरु बस्ने कार्यक्रम रहेको छ। त्यो दिन हामी उहाहरुलाई बिदाई गर्नेछौ। कोरिया फर्कनु पूर्वका केही दिनहरू भने उनीहरूले धम्पुसबेँसी लगायतका केही क्षेत्रहरूमा भ्रमण जाने  योजना  समेत रहेको  छ ।

कपन अनलाइन : कोरियन भोलिन्टेयरहरुलाई पायोनियर स्कुल सम्म ल्याउन कसले सहयोग गरेको छ ?

राजन श्रेष्ठ :  यसमा हामीलाई नेकोस नेसनल सपोर्ट एण्ड एजुकेसनल फाउन्डेसनले सहयोग गरेका छन् ।भने यसमा हामीलाई बुढानिलकण्ठ नगरपालिका वडा नं १२ ले अनुमति दिएर हामीलाई सहयोग गरेको छ।  हामीले उहाहरुलाई जानकारी पनि गराएका छौ। यसमा कपन को रोटरी क्लब देखि लगायत अरु थुप्रै ब्यक्तिहरुले सहयोग गरेका छन ।

कपन अनलाइन : यो कार्यक्रम पायोनियर मा नै किन ?

राजन श्रेष्ठ : पायोनियर मै किन भन्दा जुन हिसाबले अहिले  कपन एरियामा  समाज परिबर्तनका कुराहरुमा पायोनियर जसरी  लागिरहेको छ, पढाई को साथ साथै समय समयमा विभिन्न  गतिविधिहरूको  माध्यमबाट विद्यार्थीहरूले नयाँ कुरा सिकाउने विद्यार्थीहरूलार्इ व्यावहारिक शिक्षा र संस्कार सिकाउँदै  आत्मनिर्भर बनाउनको  निम्ति आफुहरुले समयानुकुल नयाँ अभ्यासमा जोड  दिँदै  आएको छ।

त्यो आधारले पायोनियरको सक्रियता देखेर जस्तै पायोनियर ले यहाँ सरसफाई कार्यक्रम देखि लिएर जनचेतनामुलक कार्यक्रम संगै बृद्दआश्रमलाई सहयोग गर्ने देखि लिएर  समाजिक कार्यहरुमा पायोनियरले  आर्थिक भौतिक सामाजिक सहयोगमा एकदमै लागि परेको छ ।  निरन्तर लागिरहेको  भएर सम्भवत उहाहरुले पायोनियर नै छान्नु भएको हुनु पर्छ ।

हामीले जुन संस्थाहरु संग समन्वय गर्दै आएका  छौ।  सुझाब  सहयोग आदानप्रदान गर्दै आएका छौ, त्यो कारणले पनि हामीलाई बिश्वास गर्नुभएको छ । त्यसको लागि कपन अनलाइन मार्फत यो कार्यकर्म ल्याउन सहयोग गर्ने नेकोस लगायत नेसनल सपोर्ट एण्डएजुकेसनल फाउन्डेसनलाइ कपन रोटरी क्लब सबैलाई धन्यवाद दिन चाहन्छौ ।

तपाइँको प्रतिक्रिया ।