प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा, प्रदेश प्रमुख र राजधानी तोक्न सहमति
कपन अनलाइन
काठमाडौं,पौष २०।
प्रदेश राजधानी, प्रदेश प्रमुख तोक्ने र राष्ट्रिय सभा निर्वाचनको मिति तोक्ने विषयमा बोलाइएको सर्वदलीय बैठक सकिएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले बैठकका राष्ट्रियसभा निर्वाचन,प्रदेश प्रमुख र प्रदेशको राजधानी तोक्न्ने लगाएत विषयमा सहमती जनाउन आग्रह गरेका थिए भने सहभागी दलका नेताहरुले राष्ट्रिय सभा सदस्य निर्वाचनको मिति तोक्न पनि सरकारलाई सुझाव दिएका थिए ।
सर्वदलीय बैठकमा सहमति जुटाएर सरकारले आज बस्ने मन्त्रिपरिषद बैठकबाट यी तीनवटै विषयमा निर्णय गर्ने तयारी गरेको छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, , एमाले नेताहरु सुवास नेम्वाङ, भीम रावल, विष्णु पौडेल, अग्नि खरेल, कांग्रेस नेताहरु रामचन्द्र पौडेल, विजय गच्छदार, सशाङ्क कोइराला, कृष्ण सिटौला, संघीय फोरमका राजेन्द्र श्रेष्ठ, राजपाका महेन्द्र राय, राजेन्द्र महतो लगायतका नेताहरु सहभागि थिए । बैठकमा एमाले अध्यक्ष केपी ओली भने अस्वस्थताका कारण उपस्थित हुन सकेनन् ।