टोखा नगरपालिकाका प्रमुखका ३ प्राथमिकता र ३ योजनाहरु
कपन अनलाइन
काठमाडौँ,पौष १८ ।
टोखा नगरपालिकाका प्रमुख प्रकास अधिकारी लामो समय देखी समाजसेवा र राजनीतिक क्षेत्रमा क्रियाशील रहेका व्यक्ति हुन् २०२६ साल बैशाख २६ गते गंगबु महादेवटारमा बुवा स्व. मदन बहादुर अधिकारी माता सरस्वती अधिकारीको जेठो सुपुत्रको रुपमा जन्म लिएका प्रकाश अधिकारी २०७४ बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा टोखा नगरपालिका प्रमुखमा निर्वाचित भएका थिए।
अधिकारीका ३ प्राथमिकता , ३ योजनाहरु र १ विशेष योजनाको वारेमा तयार पारिएको सामग्री नगर प्रमुख अधिकारीकै शव्दमा यहाँ प्रस्तुत गरिएको छ ।
टोखा नगरपालिकाका प्रमुखका ३ प्राथमिकता
टोखा नगरपालिका प्रमुखका धेरै कामहरु मध्य तल प्रस्तुत गरिएका कामहरु पहिलो प्राथमिकतामा परेका छन । जनमत बाट विजयी बनेकोले जनताको हित र सेवा पहिलो काम र आफ्नो निष्ठाको सम्मान रहेको बताउने प्रमुख अधिकारीले यही कुरालाई ध्यानमा राखेर प्राथमिकता चयन गरेका छन ।
प्राथमिकता १: आन्तरिक प्रशासन सुधार र सुशासन
नगरपालिका भित्र सुसाशन भएन भने त्यहाँ कुनै पनि कार्यसम्पादन राम्रो संग हुदैन र त्यसले जनतालाई आफ्ना प्रतिनिधि नगरपालिकामा भएको अनुभूति पनि कदापी दिदैन त्यसैले यस नगरपालिकाको पहिलो प्राथमिकतामा यो परेको हो । जनताको काम तत्काल गर्न सकिएन भने हामीले प्राप्त गरेको मतको अपमान हुन्छ त्यसैले आन्तरिक प्रशासन सुधार र कार्य सम्पादनमा चुस्ततालाई ध्यानमा राखेको छु ।
वर्षौ देखी यहाँ विकृति थुप्रिएको छ जसलाई परिवर्तन गर्न अलि कति चुनौती देखिएको थियो त्यो अहिले सुधार हुदैछ । कर्मचारीको समय , शैली र कार्यसम्पादन यो तिन वटा आधारमा कर्मचारीको मुल्यांकन गरिरहेको छु। जनताको कामंमा अनावस्यक दुख पाएमा सिधै प्रमुख संग गुनासो गर्ने व्यवस्था पनि गरेका छौ।
प्राथमिकता नं २: योजना समयमै सम्पन्न गर्ने
मेरो दोश्रो प्राथमिकता भनेको जुन योजना हामीले छुटाएका छौ तयसको सम्पादन यथासक्य चाडो गर्ने रहेको छ । प्रत्येक वडालाई रकम विनियोजन गरिएको छ जसमा जनताले माग गरेका योजनाहरु छन ।
ति योजना समयमा सम्पन्न गर्न सकेनौ भने जनप्रतिनिधि आएको महसुस जनताले गर्ने छैनन् । त्यस कारणले त्यस्ता योजनाहरु मैले आफ्नै प्रत्यक्ष निगरानीमा वडा अध्यक्षहरुको संलग्नतामा सम्पन्न गर्ने योजना बनाएको छु ।
यो हाम्रो प्राथमिक काम पनि हो साथै जनमतको सहि सम्मान पनि त्यहि हो भन्ने लाग्छ । योजनाको विवरण र प्रकृति हेरेर समय तालिका निर्माण गरि योजना अगाडी बढाउने तयारी हामीले गरेका छौ ।
यस्ता योजनाको नियमित अनुगमन गर्ने संयन्त्र तयार गर्नुका साथै जनतालाई पनि यस्ता योजना समयमा सपन्न गर्न सहयोगको आव्हान गर्नेछौ । हाम्रो दोश्रो प्राथमिकता जनताको कर बाट संकलित रकम उनीहरुको लागी नै प्रभावकारी ढंगले खर्च गर्ने हो । दिगो विकासको अवधारणा अनुरुप योजना सम्पन्न गर्ने हाम्रो लक्ष्य छ ।
प्राथमिकता नं ३ : टोखालाई सांस्कृतिक सम्पदाको नगरको रुपमा विकास गर्ने
यस नगरपालिकाको विशेष योजनाको रुपमा पर्यटनको पूर्वाधार विकास रहेको छ । हाम्रो नगरपालिका चक्रपथ बाट नजिक रहेको छ जुन अत्यन्त राम्रो प्राकृतिक वातावरणमा अवस्थित छ । हामीले यहाँ पर्यटन विकासको प्रचुर सम्भावना देखेका छौ ।
हामी टोखालाई सांस्कृतिक सम्पदाको नगरको रुपमा विकास गर्नेछौं । यस क्षेत्रको संस्कृति, सभ्यता संरक्षण र सम्बर्धनमा हामी जुट्नेछौं । स्वच्छ सफा सुन्दर हराभरा टोखा नगरपालिका बनाउने छौं ।
यहाँ भएका मठ मन्दिर र कलात्मक वस्तुहरुको संरक्षण र सम्वद्र्धनमा विशेष जोड दिनेछौं । जसबाट टोखा सांस्कृति पर्यटकीय क्षेत्र बन्नेछ साथै टोखा घना वस्तीको रुपमा विकास भइरहेको छ ।
खेतीयोग्य जमिन लोप हुदै गइरहेको छ । झोरलाई कृषिको पकेट क्षेत्रको रुपमा अघि बढाउँछौं । टोखाको शहरी क्षेत्रमा भने हामी खेतीयोग्य जग्गामा आधुनिक खेती र कौसी खेतीलाई हामी प्रोत्साहन गर्नेछौं । यो हाम्रो प्रतिबद्धता मात्र होइन दायित्व हो ।
प्रमुख योजनाहरु
योजना नं १ : खाने पानी समस्या न्यूनीकरण र सडक स्तरुन्नती
टोखा नगरपालिकामा विशेष गरी खानेपानीको समस्या छ । त्यसका लागि हामीले श्रोतको पहिचान पनि गरिसकेका छौ । कहाँ, कुन श्रोत परिचालन गरेर हुन्छ खानेपानीको समस्याबाट टोखावासीलाई मुक्त गर्नेछौ ।
अर्को भनेको सडक स्तरउन्नति गर्ने हाम्रो नगरपालिका भित्र रहेका सडकहरुको विस्तार,सुधार,निर्माण र मर्मत हो ।हामीले टोल स्तरीय ,वडा स्तरीय र नगर स्तरीय बाटोहरुका योजना तयार पारेका छौ साथै यहाँ धेरै डुवान क्षेत्रहरु रहेका छन तिनीहरुलाई डुवान मुक्त बनाउने कुरालाई हामीले प्राथमिकतामा राखेका छौ ।
योजना नं २ : व्यापारिक क्षेत्रको रुपमा विकास गर्ने
साथै गोंगबु क्षेत्रलाई हामी व्यापारिक क्षेत्रको रुपमा विकास गर्ने योजनामा छौं । धापासीलाई भने बौद्धिक क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य हो । यसका लागि हामीले तयारी सुरु गरिसकेका छौ ।
योजना नं ३ : फोहोर र ढल ब्यबस्थापन
नगरपालिकामा फोहोर मैला व्यवस्थापन गर्ने काम हाम्रो अर्को योजना हो । यसका लागी नगरपालिकाको गाडी साथै ठेकेदारहरु संग उपलव्ध श्रोत तथा साधनको उचित प्रयोग हामीले गरिरहेका छौ ।
अझै यसलाई प्रभावकारी बनाउदै लैजानु पर्ने छ जसका लागी हामी छलफलमा छौ । ढल मिसिएर बिष्णुमति नदी अहिले प्रदुषित छ । नदीमा ढल हाल्न नदिने र खोलाको दुबै किनारमा करिडोर बनाएर वृक्षारोपण गर्ने हाम्रो योजना समेत रहेको छ ।
विशेष योजना : टोखा नगरपालिकालाई पर्यटन नगरीको रुपमा विकास गर्ने
यस नगरपालिकाको विशेष योजनाको रुपमा पर्यटनको पूर्वाधार विकास रहेको छ । हाम्रो नगरपालिका चक्रपथ बाट नजिक रहेको छ जुन अत्यन्त राम्रो प्राकृतिक वातावरणमा अवस्थित छ । हामीले यहाँ पर्यटन विकासको प्रचुर सम्भावना देखेका छौ ।
हामी संग चन्डेश्वरी मन्दिर ,शिवपुरी राष्ट्रिय निकुन्ज हुदै पदमार्ग र अन्य पदयात्राका मार्ग विकास गर्ने सम्भावना हामिले देखेका छौ । टोखा सांस्कृतिक र पर्यटकीय क्षेत्र बन्नेछ साथै हामी संग शिवपुरी रास्ट्रिय निकुन्ज रहेको छ त्यो निकुन्ज संग समन्वय गर्दै यहाको सम्पूर्ण प्रकृतिको उपयोग गर्ने नीतिमा छौ । त्यसैले यस नगरपालिका भित्रका सबै स्थानको उपयोग गरि पर्यटकीय नगरको रुपमा टोखा नगरपालिका विकास गर्ने हाम्रो योजना रहेको छ ।