आत्मघाती हमलामा ४० जनाको ज्यान गयो
कपन अनलाइनपाकिस्तानको कबायली क्षेत्रमा भएको आत्मघाती बम विस्फोटनमा ४० जना सर्वसाधारण मृत्यु भएको छ । उत्तर-पश्चिम पाकिस्तानस्थित कुर्रम एजेंसीको मुख्य शहर पारचिनारको शिया मस्जिदलाइ निशाना बनाएर गरिएको विस्फोटनमा करिब १०० जना घाइते भएको समाचारमा जनाइएको छ । पहिलो विस्फोट एक भीड़ले भरिएको बजारमा भएको थियो । उक्त विस्फोटको केही समयपछि दोस्रो पारचिनारको स्कूल रोडमा भयो, प्रत्यक्षदर्शीहरूले मिडियाहरुलाई भने । दुबै विस्फोट शिया मस्जिदको नजिकै भएको हो ।
सरकारी अधिकारीहरूका अनुसार करिब १०० को संख्यामा घाइतेहरुलाई आसपासका अस्पताल मेडिकल थियो । उनीहरू मध्ये धेरैको अवस्था गम्भीर रहेको बताइएको छ । पहलो विस्फोट मोटरसाइकलमा राखिएको बमबाट भएको थियो भने दोस्रो विस्फोट को बारेमा भने अहिले सम्म स्पष्ट हुन सकेको छैन । अहिले साम्म घटनाको कसैले जिम्मेदारी लिएकओ छैन । – एजेन्सिहरू