कपन क्षेत्रमा आइपर्ने विपत् व्यवस्थापन बारे कार्यक्रम सम्पन्न
कपन अनलाइन श्रावण ११ कपन गाविस तथा नेपाल रेडक्रश सोसाइटी संयुक्त आयोजनामा यस गाविसमा हुन सक्ने विपत् र त्यसपछिको व्यवस्थापनका बारेमा जानकारीमूलक कार्यक्रम सम्पन्न भएको छ । कपन ६ स्थित ग्रामशिक्षा उमावि भवनमा आयोजना गरिएको कार्यक्रममा कपन क्षेत्रमा हुन सक्ने ४ विपत्को बारे पहिचान समेत गरिएको थियो । केदार खड्का र राजन रेग्मीद्वारा तयार पारिएको अध्ययनको आधार बनाएर सार्वजनिक गरिएको प्रतिवेदनमा भुकम्प, आगलागी, सडक दुर्घटना र बाढी पहिरोलाई कपन क्षेत्रका सम्भावित विपत्को रुपमा उल्लेख गरिएको छ ।
यही प्रतिवेदनलाई आधार बनाएर कपनवासी विभिन्न व्यक्तिहरुले संभावित विपत्लाई व्यवस्थापन, जिम्मेवारी तथा श्रोतहरुको सुझाव प्रस्तुत गरिएको थियो । कार्यक्रममा बोल्दै कपन गाविसका सचिव लोमस आचार्यले मानव निर्मित संरचनाहरुले नै आमरुपमा विपत् निम्त्याउने भएकोले जनचेतनामूलक कार्यक्रममा जोड दिनु पर्ने औंल्याए । उनले कपनमा रहेका सार्वजनिक जग्गा एवम् खुल्ला ठाउँलाई संरक्षण गरौं भन्दै सार्वजनिक ठाउँमा सामुदायिक
घर तथा मन्दिर निर्माण गरिने प्रकृयालाई अब रोक्नु पर्ने बताए ।
नेपाल रेडक्रश सोसाइटीको इपिएस कार्यक्रमअन्तर्गत काठमाडौं जिल्लाको ८ गाविसमा आायोजना गरिएको यो कार्यक्रमले प्राकृतिक तथा मानवीय हिसाबले आइपर्ने विपद् सम्बन्धि चेतनामूलक विभिन्न कार्यक्रमहरु गरिरहेको छ ।