नेपाल अटोमोबाइल्स एसोसिएसनको नेसनल जिमखाना च्याम्पियनशीप २०१७ सम्पन्न
कपन अनलाइन
काठमाडौ,पौष १७ ।
शनिबार नेपाल अटोमोबाइल्स एसोसिएसन(नासा) को आयोजना र भग्स्वागन को मुख्य प्रायोजनमा काभ्रेपलान्चोक धुलिखेल नगरपालिकामा रहेको हिमालय अटो ल्याण्डमा भग्स्वागन नेसनल जिमखाना च्याम्पियनशीप २०१७ सम्पन्न भएको छ । नेपालमा पहिलो पटक अन्तराष्ट्रियस्तरको अटो जिमखाना आयोजना भएको थियो । उक्त खेलमा सुरेन्द्र प्रधान आगामी वर्षा इन्डोनेसियामा अन्तराष्ट्रिय अटो जिमखाना खेलको लागि छनौट भएका छन । कार्यक्रमको उद्घाटन धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्यन्जुले गरेका थिए ।
पहिलो पटक आयोजना गरिएको अन्तर्राष्ट्रिय स्तरको अटो खेलमा फ्री टाइम ल्याब र अटो जिमखाना गरि दुइ खेल खेलाइएको थियो ४१ जना प्रतिष्पर्धी र सहासिक ड्राइभर खेलाडी मध्ये बाट फ्री टाइम ल्याब अटो रेसमा सुजन ओझा बिजयी भएका थिए भने अटो जिमखानामा सुरेन्द्र प्रधान बिजियी भएका थिए त्यस्तैगरी फ्री टाइम ल्याब अटो रेसमा बिदुर पौडेल फर्स्ट रनरअप, रिक्की देउला सेकेन्ड रनर अप भएका थिए भने अटो जिमखाना बाट विप्लब श्रेष्ठ फर्स्ट रनरअप र सबिन शाक्य सेकेन्ड रनर अप भएका थिए । महिला साहसिक ड्राइभर खेलाडीहरु पवना श्रेष्ठ ,प्रमिता प्रधान ,रबिना प्रधान र जिश्वान तुलाधर सहित अन्य सहभागी प्रतिष्पर्धीहरुलाई काभ्रेपलान्चोकका प्रमुख जिल्ला अधिकारी शिव प्रसाद सिम्खडा ले पुरस्कार सहित कदरपत्र र मायाको चिनो प्रदान गरेको कुरा मधुशुदन सिग्देलले कपन अनलाइन लाइ बताए ।
फोटो सौजन्य : मधुसुदन सिग्देल