प्रिमियर लिगमा चेल्सीले स्टोकविरुद्ध पाँच गोल
कपन अनलाइन
एजेन्सी, १६ पुस । शनिबार राति भएको प्रिमियर लिगमा चेल्सीले स्टोकविरुद्ध पाँच गोल गरेको छ । यो जितसँगै चेल्सी दोस्रो स्थानमा उक्लेको छ । चेल्सीका लागि खेलको तेस्रो मिनेटमा एन्टोनियो रुडीगरले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ९ औ मिनेटमा ड्यानी ड्रिकवाटरले दोस्रो गोल गरे ।
पहिलो हाफमा निकै आक्रामक देखिएको चेल्सीलाई स्टोकका खेलाडीहरुले रोक्न सकेनन् ।खेलको २३ औ मिनेटमा पेद्रो रोद्रिगेजले गोेल गरे । दोस्रो हाफमा पनि चेल्सीले सानदार खेल प्रदर्शन गर्यो । चेल्सीका लागि विलियनले खेलको ७३ औ मिनेटमा गोल गरे।खेलको ८८औ मिनेटमा डेबिड जापाकोस्टाले पाँचौ गोल गरे ।
उता म्यानुको खेल खस्किएको फुटबल पण्डितहरु बताउँछन् । गएराति नै भएको खेलमा साउटह्याम्टनसँग म्यानु गोलरहित बराबरीमा रोकिएको छ।यो म्यानुको लगातार तेस्रो बराबरी खेल हो।पछिल्लो खेलमा गतिलो नतिजा हाप पार्न नसकेको म्यानु अंक तालिकाको तेस्रो स्थानमा रहेको छ ।