एकता महिला कृषि समूह साकोस बुनपा १० को दोस्रो बार्षिक साधारण सभा सम्पन्न
कपन अनलाइन
काठमाडौ,पौष १६ ।
एकता महिला कृषि समूह संस्थाको दोस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । नेकपा एमालेका केन्द्रिय सदस्य डा. राजन भट्टराई को प्रमुख आतिथ्यता मा भएको साधारण सभामा काठमाडौं क्षेत्र नं ४ प्रदेस क्षेत्र २ का सदस्य कुसुम कुमार कार्की ,बुढानिलकण्ठ १० का वडा अध्यक्ष नवराज भट्टराई ,नेकपा एमाले बुढानिलकण्ठ १० का अध्यक्ष जगत प्रसाद निरौला ,देवी रेग्मी लगायतको उपस्थिति रहेको थियो।
यस सहकारी संस्था मार्फत बिना धितो सहज तरिकाले ऋण प्रवाह गर्दै महिला हरुको जीवन स्तर उकास्ने उदेश्यले संस्था संचालन गरेको संस्थाकी अध्यक्ष दिल कुमारी विकले बताइन । यस सहकारीले विभिन्न शिपमुलक तालिम संचालन गर्ने ,बिना ब्याज विरामी सहायता कोष मार्फत सदस्यहरुलाई सहयोग गर्दै आएको उनले बताइन ।
फोटो सौजन्य :देवी रेग्मी
तपाइँको प्रतिक्रिया ।