गोर्कणेश्वर नगरपालिका वडा नं ८ संगम टोलद्वारा सरसफाई र सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न 

गोर्कणेश्वर नगरपालिका वडा नं ८ संगम टोलद्वारा सरसफाई र सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न 

कपन अनलाइन

काठमाडौ, पौष १५ ।

गोर्कणेश्वर नगरपालिका वडा नं ८ स्थित संगम टोलले सरसफाई तथा सुरक्षा निकाय संग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । गोर्कणेश्वर नगरपालिका वडा नं ८ स्थित संगम टोलवासीले ४ महिना अगाडी प्रकाश अधिकारीको अध्यक्षतामा गठन गरेका संगम टोल विकास समाजले  आफनो टोलको विकासमा निकै सक्रियता देखाएको छ ।

टोलको मूल प्रवेश द्धार निर्माण , सडक वत्ति, प्रत्येक घरलाई घर नं दिने तथा प्रत्यके हप्ताको शनिवार टोल सरसफाई कार्यक्रमलाई निरन्तरता दिई नमूना टोलको रुपमा विकास गर्न खोजेएको छ । एक महिना अगाडी फोहर मैला व्यवस्थापन सम्बन्धी तालिम पनि प्रदान गरि सकेको हुँदा यस समाजका अध्यक्ष लगाएत स्थानीयबासी सवै अत्यन्त सक्रिय देखिएका छन् ।

आज विहान टोलको सरसफाई गर्नुका साथै स्थानिय गोर्कण प्रहरी विटका प्रमुख अर्जुन गिरीसंग टोलको सुरक्षा व्यवस्था र लागु पदार्थ विहिन क्षेत्र कसरी वनाउन सकिन्छ भन्ने बिषयमा केन्द्रित रहेर अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न गरेका छन् ।

सफा टोल नै आफनो पहिचान, परिचय अनि सभयता संग गासिएकोले आफनो टोललाई सभ्य टोल वनाउन खोजेको कुरा संगम टोल विकास समाज अध्यक्ष प्रकाश अधिकारीले वताएका थिए  । हालसम्मका सम्पूर्ण कार्यहरु टोलवासीको र आफनै लगानीमा भएको र अन्य निकायवाट कुनै आर्थिक अनुदान लिन नपरेको कुरा अध्यक्ष अधिकारीले उक्त कार्यक्रममा  बताए । उक्त कार्यक्रममा संगम टोल विकास समाजका पदाधिकारी सहित स्थानीयहरुको सहभागीता थियो ।

तपाइँको प्रतिक्रिया ।