पशुपति वृद्धाश्रमलाई लुम्बिनी एकेडेमीका विद्यार्थीहरुको सहयोग

पशुपति वृद्धाश्रमलाई लुम्बिनी एकेडेमीका विद्यार्थीहरुको सहयोग

कपन अनलाइन

काठमाण्डौं, षौष १४ /मोहन कुमार घर्ती

लुम्बिनी एकेडेमीमा विमा अध्ययनरत विधार्थीहरूले शुक्रवार पौष १४  गते पशुपति क्षेत्रमा रहेको वृद्धाश्रमको अवलोकन गरेका छन्। वृद्धाश्रमका वृद्ववृद्धाहरूको अवस्थाका बारेमा बुझ्न र खाना खुवाउनका निमित्त लुम्बिनी एकेड़ेमीका विधार्थीहरू वृद्धाश्रम पुगेका हुन्।

त्यहाॅ रहेका 190 वृद्ध वृद्धालाई खुवाउने कार्यक्रम लुम्बिनी कलेजका विधार्थीहरूबाट भयो। “केही सहयोग पनि गर्न सकिन्छ कि भनेर आएका हौं” सोही कलेजका एक विधार्थी साजन गजुरेल भन्दै थिए।

त्यस्तै लुम्बिनी एकेडेमीका कोर्डिनेटर रबिन भट्टराईले “अहिलेको यो बिग्रने उमेरका युवाहरूले अरूका दु ख बुझेर समाजसेवा गर्नु एउटा ठुलो कुरा रहेको बताए। भट्टराईले विधार्थीहरू यस्तो सामाजिक कार्यमा लाग्नुपर्ने कुरालाई पनि जोड दिए।त्यहाॅ वृद्ध वृद्धाहरूलाई हेरचाह गर्ने अरू थुप्रै समाजसेवीहरू पनि थिए।

यस्तै सहयोगको आशा अझै गरिरहेको कुरा त्यहाॅका प्रमुख अधिकारी मनोज कुमार पौडेलले बताए। त्यहाॅ विधार्थी र शिक्षकले वृद्ध वृद्धाहरूलाई खाना खुवाएर भित्र मनदेखि सन्तुष्टि देखाए।

(घर्ती कपन अनलाइनका प्रशिक्षार्थी पत्रकार हुन् )

तपाइँको प्रतिक्रिया ।