चुच्चेपाटी-बौद्ध-जोरपाटी सडक खण्ड चाडो कालोपत्रे गर्न प्रदेस सभा सदस्य र वडा अध्यक्षको पहल
कपन अनलाइन
काठमाडौ,पौष १२ ।
काठमाडौं क्षेत्र नं ३ प्रदेस सभा १ का सदस्य छिरिंग दोर्जे लामाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले आज सडक विभाग अन्तर्गत सडक विस्तार आयोजनाको कार्यलयमा चुच्चेपाटी-बौद्ध-जोरपाटी सडक खण्डको बाटो यथाशिघ्र कालोपत्रे गर्न अनुरोध गरेको छ । लामा संगै काठमाडौं महा नगरपालिका वडा नं ६ का अध्यक्ष दिपेन्द्र लामा र स्थानीय समाजसेवीहरुको उपस्थिति रहेको थियो ।
पानी र खाल्डा बढी भएर सो सडकमा यातायात आवागमनमा निकै समस्या भएको जनगुनासो बढेपछी जनप्रतिनिधि सहित स्थानीयहरुले यो पहल सुरु गरेको र चाडै काम सम्पन्न नभए चर्को जन दवाव सृजना गर्ने भेटमा सहभागी एक सदस्यले बताए ।
फोटो सौजन्य : अमृत तिमल्सिना
तपाइँको प्रतिक्रिया ।