दौलत विक्रम विष्ट (सनिवार साहित्य )
कपन अनलाइन
काठमाडौ,पौष ८
दौलत विक्रम विष्ट (वि.सं. १९८३- वि.सं. २०५९) प्रसिद्ध नेपाली उपन्यासकार दौलतविक्रम हुन्।
सोमराज विष्ट र मानकुमारी विष्टका जेठा छोरा दौलतविक्रम विष्टको जन्म वि.सं. १९८३ साल असोज ६ गते प्रतिपदा तिथिमा भोजपुरको बजारमा भएको थियो।
यिनका हजुर बुबा रेशमी राज विष्ट नै अदालतका डिठ्ठासम्म भएका थिए। बाबु जागीर खान जाने क्रममै दौलतविक्रमको जन्म भोजपुरमा भएको हो।
बाबुको जागीर सरुवा भइ रहने हुँदा यिनको बाल्यकाल पनि विभिन्न ठाउँ (भोजपुर, सल्यान, रक्सौल, झापा, काठमाडौं)मा बित्दै गयो तर मातृस्नेहबाट यी सानै उमेरमा वञ्चित हुनु पर्यो। ससाना भाइहरू र यिनलाई छाडेर आमा वि.सं. १९९६ सालमै परलोक गइन्।
सम्पन्न परिवारका दौलतविक्रमको विवाह १९ वर्षको उमेरमा सुब्बा प्रेमलाल पाण्डेकी छोरी लिचुसँग भयो तर बिहे भएको तिन महिना पनि नहुँदै लिचुले छोरो जन्माएकी हुँदा उसलाई माइतीकै जिम्मा लगायो।
त्यसपछि काठमाडौँ इन्द्रचोक निवासी भक्तमान बस्नेतकी छोरी नुतन कुमारीसँग विष्टको दोस्रो विवाह भयो। उनैबाट विष्टका चार छोरा (क्रमशः श्रीविक्रम, ओमविक्रम, कैलाशविक्रम र अनन्तविक्रम) र दुई छोरी (क्रमशः इन्दिरा र निरु) जन्मिए।
उनले बिभिन्न पुरस्कार र सम्मान प्राप्त गरेका छन जुन यस प्रकार रहेको छ ।
- २००८ सालमा नेपाली भाषा प्रकाशिनी समितिले उपन्यास लेखन प्रतियोगिता गराई ‘मञ्जरी’ उपन्यासलाई प्रथम घोषित (तर त्यसका लागि दिने भनेको रु.९००।– नदिएको),
- नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट कथा र उपन्यासमा नयाँ मोड ल्याएको मानेरमहेन्द्र प्रज्ञा पुरस्कार (२०३२) ,
- मदन पुरस्कार गुठीबाट ‘ज्योति ज्योति महाज्योति’ उपन्यासका लागि मदन पुरस्कार (२०४५),
- साझा प्रकाशनबाट ‘आँसु त्यसै त्यसै छचल्किन्छ’ कथा सङ्ग्रहका लागिसाझा पुरस्कार (२०४८),
- भूपालमान स्मृति प्रतिष्ठानले भूपालमान स्मृति पुरस्कार (२०५५),
- प्रबल गोरखा दक्षिण बाहु चौथा (२०३०),
- दुर्गम सेवा पदक र
- जनसेवा पदक (२५ वर्ष नोकरी पुगे बापत)
यिनी पनि जीवनको अन्तिम प्रहरतिर आएर पक्षाघातको बिमारले कुँजिदै गएका थिए र देहावसान वि.सं. २०५९ साल पुस १३ गते भएको थियो।