नेपालगन्जमा आयोजित शैक्षिक महोत्सवमा महिला स्रष्टाहरु

नेपालगन्जमा आयोजित शैक्षिक महोत्सवमा महिला स्रष्टाहरु

कपन अनलाइन 

नेपालगन्ज,पौष ३

नेपालगन्जमा आयोजित शैक्षिक महोत्सवमा महिला स्रष्टाहरुले नेपालगन्जमा आफ्ना समस्या उजागर गरेका छन् । कारकादो स्थित सडक विभागको परिसरमा आयोजित महोत्सवमामा शनिबार आयोजित काव्य विमर्शमा महिला लेखकले आफ्ना समस्या मात्र होइन, अवसर समेत प्रस्तुत गरे ।

नेपालगन्जमा आएका तीन जना महिला स्रष्टा उमा सुवेदी, हरीमाया भेटवाल, शान्ता दाहालले महिला स्रस्टाका सवालमा राज्य उदासिन भएको बताए  ।

लेखेर कुनै लेखक बाच्न नसकेको स्थिति रहेको स्रष्टाहरुले स्वीकार गर्दै  आफुले समाज बुझ्का लागि पनि लेख्न जरुरी रहेको  बताए । कुनै लेखकलाइ सम्मान गर्न प्रकाशकको भूमिका महत्वपूर्ण हुने भन्दै उनीहरुले पढ्ने शैलीको बिकास भएमा सबै समस्याको समाधान हुने धारणा राखेका थिए । कार्यक्रम सञ्चालन ऋचा लुइटेल र स्वागत मिना ढकालले गरेकी थिइन् ।

फोटो सौजन्य :शान्ता दाहाल

 

तपाइँको प्रतिक्रिया ।