कपनमा मतदाता शिक्षा सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

कपनमा मतदाता शिक्षा सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाडौ,मंगसिर १८
अाशाकाे साथी नेपाल नामक संस्थाले बुढानिलकण्ठ नगरपालिकाकाे विभिन्न वडामा मतदाता शिक्षा सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाे छ ।
मतदानकाे पूर्व सन्ध्यामा निर्वाचन अायाेगकाे सहयोगमा उक्त संस्थाले याे कार्यक्रम सन्चालन गरि यस नगरपालिकामा वसाेवास गर्ने मतदाताहरू विच मतपत्र कस्तो अवस्था वदर हुन्छ ,निर्वाचनका अाचार सहिता र मतदाताकाे अधिकारका विषयमा छलफल चलाईएकाे थियाे ।
उक्त कार्यक्रम वडा न १० ,११,१२ काे वडा कार्यलय,सिल्भर साईन स्कुल ,माउन्ट एभरेस्ट स्कुल र प्रसान्ति स्कुलमा सन्चालन गरिएकाे थियो । वडाका नवनिर्वाचित प्रतिनिधिहरू , बुद्धिजिवि महिलाहरू,विभिन्न पार्टीका प्रतिनिधिहरू र वडामा वसाेवास गर्ने मतदातहरूकाे उल्लेखनीय सहभागिता रहेकाे थियाे ।
कार्यक्रममा वाेल्दै ११ न वडा अध्यक्ष राजु अधिकारीले यस कार्यक्रमले गएकाे स्थानीय निकाएकाे चुनावमा भएकाे मतवदरकाे संख्या कमि अाउने विश्वास व्यक्तगरे  ।
त्यसैगरी १२न वडाका अध्यक्ष शम्भु भट्टराईले यस कार्यक्रम प्रभावकारी रहेका र अाफ्नाे वडामा रहेका मतदाताहरूलाई घर घरमा मतदानकाे विषयमा छलफल चलाउन अनुराेध गरे  । छलफलमा सबै वक्ताहरूले अाफ्नाे अाफ्नाे भनाई राख्नु भयाे भने संस्था काे सचिवले निर्वाचनकाे अाचार सहिता र मतदान गर्ने तरिका सिकाएका थिए ।
तपाइँको प्रतिक्रिया ।