मेरो राजनीति इमान र निष्ठाको जगमा अडिएको छ : साधुराम खड्का

मेरो राजनीति इमान र निष्ठाको जगमा अडिएको छ : साधुराम खड्का

कपन अनलाइन 

काठमाडौ,मंगसिर १७।

नेपाली कांग्रेसका तर्फ बाट काठमाडौं क्षेत्र नं ४ प्रदेस क्षेत्र २ का उम्मेदवार साधुराम खड्काले अवको राजनीति इमान र निष्ठाको हुनुपर्ने बताएका छन ।कपनको ह्यान्डबल चौरमा आयोजित चुनावी सभामा आफ्नो धारणा राख्दै उनले आफुमा राजनीतिक चेतना विकास भए देखि यसैलाई मूल मन्त्र बनाएर अगाडी बढेको बताए।

यस प्रदेस क्षेत्रको विकासका लागि आफु संग योजना र इच्छा शक्ति दुवै रहेको भन्दै खड्काले आगामी निर्वाचनमा आफुलाई मत हाल्न मतदाता समक्ष आग्रह गरेका थिए ।आफु लामो समय देखि यसै क्षेत्रका जनताको समस्या संग परिचित हुदै तिनको समाधानमा लागेको बताउदै खड्काले एक पटक औपचारिक प्रतिनिधिको रुपमा सेवा गर्ने मौका दिन जनता समक्ष आग्रह गरेका थिए।उनले अव आर्थिक समृधि र विकासमा लाग्न सबै लाग्नु पर्ने वेला आएको पनि बताएका थिए।

 

 

तपाइँको प्रतिक्रिया ।