दोहामा पनि ‘लुट’

बल हैन पासा बुद्वि लगा, बुद्वि ’ साँच्चै बुद्वि लगाएर बनाइएको प्रमाणित भएको छ– चलचित्र लुट । त्यसैले नै देश विदेशमा यसको ब्यापारको परिधि अहिलेसम्मकै फराकिलो भएको छ । उत्कृष्ट ब्यापारका कारण हाल चलचित्र बजारको शिर्ष चर्चा बनेको नेपाली चलचित्र लुट अव कतारवासी दर्शकले पनि हेर्न पाउने भएका छन् । तर, यसका लागि २३ मार्चसम्म प्रतिक्षा गर्नुपर्ने भएको छ । शुक्रवार, २३ मार्चमा दोहा सिनेमा हलमा ‘लुट’ को गल्फ प्रिमियर गरिने प्रदर्शन ब्यवस्थापक लक्ष्मण खतिवडाले जनाएका छन् ।

ब्यापक घरेलु दर्शक बटुल्दै चलचित्र बजारकै लागि उत्साह थपेको बहुचर्चित लुटले अष्ट्रेलिया र हङकङमा पनि यथेष्ट दर्शक जम्मा गर्न सफल भएपछि खाडीको यात्रा तय गरेको हो । ‘लुटको ख्यातिले नेपाली चलचित्र क्षेत्रमै एकाएक नयाँ उत्साह ल्याइदिएको छ’ ब्यवस्थापक खतिवडाले भने– ‘गुणस्तरिय र जीवन्त नेपाली चलचित्र पनि बन्छन् भन्ने प्रमाणित गरिदिएका कारण कतारमा यसको ब्यापक माग देखिएकोले प्रदर्शनको योजना बनाएका हौं ।

पुराना कथा शैली र पुरानै ढा“चामा मात्र चलचित्र निर्माण हु“दै आएपछि नेपाली चलचित्रका दर्शकलाई मोहभंग हुँदै गएको अवस्थामा भिन्न कथा लिएर आएको लुटले देश–विदेशमा राम्रै लुट मच्चाउन सफल भएपछि कतारमा प्रदर्शनीका लागि उर्जा मिलेको खतिवडाले बताए । युवा निर्देशक निश्छल बस्नेतले बढ्दो आधुनिकतासंगै युवाजमातमा आएका परिवर्तनको एक दृश्यलाई ‘लुट’मा सिर्जनशिल ढंगले प्रस्तुत गरेका छन् । नायकहरूको सकारात्मक भुमिका र अन्ततः खलनायकमाथिको विजयका थोत्रा कथालाई केहि परिमार्जन गर्दै निर्देशक बस्नेतले बैकल्पिक धारको ब्यवसायीक चलचित्र बनाएर नेपाली रजतपटलाई पनि छुट्टै दिशानिर्देश गरेका छन् । उनको चलचित्रले हलिउड र बलिउडका मेघाबजेटका हाइफाई चलचित्रलाई पनि माथ दिएर नेपाली दर्शकको मात्रै होइन, चलचित्र समिक्षकको पनि राम्रैसंग मन जितेको छ । त्यसो त हङकङ, डेनमार्कमा पनि यथेष्ट दर्शक बटुलेको लुट ४ मार्चमा अमेरिका पनि जाँदैछ भने १२ मार्चमा विरलै नेपाली चलचित्र पुग्ने इजरायलमा पनि प्रदर्शन हुँदैछ ।

विश्वभरिका नेपालीको ब्यापक मागका कारण ब्यस्त रहेका निर्देशक बस्नेत भने खाडीका दर्शकलाई विशेष ठान्छन् । खाडीका दर्शक सहि दर्शक हुन् भन्ने उनको ठम्याई रहेको र उनी कतार प्रिमियरमा सहभागी हुने ब्यवस्थापक खडिवडाले बताए । लुटको प्रोमोशनका लागि निर्देशक बस्नेतसंगै नायिका ऋचा शर्मा पनि कतार आउने खडिवडाले जनाएका छन् । निर्देशक बस्नेत र नायिका शर्माले दर्शकसंगै बसेर चलचित्र हेर्ने र दर्शकको प्रतिकृया पनि संकलन गर्ने खडिवडाले स्पष्ट पारे । खतिवडालाई सो प्रिमियरका लागि स्याङजा सहयोग समाजले समन्वय गरिरहेको छ ।

चलचित्र लुटमा सौगात मल्ल, कर्म, दयाहाङ राई, प्रतिकराज न्यौपाने, सुशिलराज पाण्डे, प्रविण खतिवडा, ऋचा शर्मा, सिर्जना सुब्बाको अभिनय जीवन्त रहेको छ । ‘उध्रेको चोली..’ बोलको गितमा नायीका सुष्मा कार्कीको आइटम डान्स पनि सो चलचित्रको आकर्षण बनेको छ ।

कतारमा ‘दशगजा’ रुचाइयो

निकै विवादपश्चात् देश–विदेशका नेपालीको मन जितेको चलचित्र ‘दशगजा’ कतारवासी दर्शकले पनि निकै रुचाएका छन् । गत शुक्रवार दोहा सिनेमा हलमा २ शो प्रदर्शन भएको दशगजा हेर्न झण्डै २ हजार दर्शक उपस्थित थिए ।

चलचित्र प्रदर्शनका लागि कतार आएका नायक÷निर्माता नवल खड्का दर्शक उपस्थितिबाट मख्ख छन् । ‘यहाँको दर्शक उपस्थितिबाट निकै उर्जा मिलेको छ र खाडीका अरु मुलुकहरू तथा एशिया र युरोपका विभिन्न शहरहरूमा प्रदर्शनका लागि योजना बनाएको छु’ चलचित्र हेरेपछि दर्शकमाझ घेरिएका नायक नवलले बताए । त्यसो त प्रदर्शन आयोजक सुदन थापा पनि चलचित्रको ब्यापारबाट सन्तुष्ट देखिए । ‘यसपाली राम्रो भयो’ अघिल्ला अनुभवहरूको तुलना गर्दै थापाले बताए । कतारमा विभिन्न कारणले अलपत्र परेका दुखी पिडित नेपालीहरूको विशेष सहयोगार्थ टिम नेपाल र खोटाङ सेवा समाजले दोहामा सो चलचित्र प्रदर्शन गरेका हुन् ।

हालसम्मका प्रदर्शित चलचित्रमध्ये सवैभन्दा बढि स्पष्ट स्किृनमा आएको कतारका दर्शकले बताएका छन् । ‘यत्तिको क्लिअर आइदिए त चलचित्र हेर्ने दर्शक पनि बढ्ने थिए’ दर्शक प्रतिकृया थियो । बास्तविक कथामा निकै अध्ययन अनुसन्धानपश्चात् पटकथा लेखिएको चलचित्र हुनाले दर्शकले नेपालको सिमाकावारेमा यथेष्ट जानकारी पनि पाएका छन् । ‘सिमा अतिक्रमण भनेको के हो नै थाहा थिएन’ स्याङजाका आशिष क्षेत्रीले नायक नवलको उपस्थितिमा राजधानीसंग भने– ‘यो चलचित्र हेरे पछि ति हाम्रा सिमाका वारेमा धेरै जानकारी पाइयो ।

दोहामा ५ बर्षदेखि कार्यरत खोटाङ नेर्पाका सोम पराजुलीले दशगजा चलचित्रलाई ‘रगत तताउने’ चलचित्रकारुपमा प्रसंसा गरे । ‘थाहै थिएन यति गम्भिर कुरा पनि’ उनले राजधानीसंग भने– ‘यो फिलिम हेरेपछि रगत तातेर आयो । देशभन्दा ठुलो केहि होइन रहेछ भन्ने ज्ञान मिल्यो ।’ रोल्पाका मंगोलियन कान्छाको प्रतिकृया पनि त्यस्तै थियो ।

राष्ट्रिय जागरणको चलचित्रकारुपमा नेपाल सरकारबाट पुरस्कृत तथा चलचित्र विधाका विभिन्न अवार्डहरुमा सर्वाधिक मनोनयन भएको दशगजामा नायक नवलका साथ महानायक राजेश हमाल, निखिल उप्रेती, प्रेम सुब्बा, दक्ष राई, रञ्जिता गुरुङ लगायतका कलाकारले अभिनय गरेका छन् । सुस्ता, कालापानी, महेशपुर क्षेत्रका कैयौँ नेपाली भूभाग भारतबाट अतिक्रमण भएको सत्यघटनालाई स्थलगत छायांकन गरी जीवन्तता दिने प्रयास दशगजामा गरिएको छ । नायक खड्काको कथालाई दयाराम दाहालले निर्देशन गरेको दशजगाले निर्माणका क्रममा विवादित विषयका कारण सास्ती भोग्नुपरेपनि देश–विदेशमा ७ करोडभन्दा बढिको ब्यापार गरेको बताइएको छ । दशगजाले विभिन्न च्यारिटी शोहरूबाट ठुलो रकम बटुल्न सफल भएको निर्माणपक्षले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।