काँग्रेस चुनावीसभामा पड्कियो बम,सभामा सहभागी कार्यकर्तामा भागाभाग
कपन अनलाइन
इटहरी ,काठमाडौं मंगसिर १४।
सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–९ भलादमी टोलमा नेपाली काँग्रेसले आज अपराह्न आयोजना गरेको चुनावी कोणसभास्थलमा बम विस्फोट हुँदा चार सर्वसाधारण गम्भीर घाइते भएका छन् ।
काँग्रेस इटहरी–९ ले चुनाव प्रचारप्रसारसँगै मतदातासँग घरदैलो गर्दै भएको बम विस्फोट हुँदा एक वर्षीय युवन न्यौपाने, १७ वर्षीया समृना अधिकारी, उनकी आमा ३७ वर्षीया निर्मला र काँग्रेसका स्थानीय नेता धनबहादुर श्रेष्ठ गम्भीर घाइते भएको स्थानीयवासी गोविन्द घिमिरेले जानकारी दिनुभयो ।
घाइते चारै जनालाई उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल पु¥याइएको छ । उनीहरुको शरीरका विभिन्न भागमा बमको छर्राले गहिरो चोट लागेको प्रचार कार्यमा संलग्न घिमिरेले बताउनुभयो । कार्यक्रम भइरहेको स्थानमा अकस्मात् ठूलो आवाजसहित बम विस्फोट हुँदा कार्यक्रमस्थल उपस्थित मान्छेमा भागदौड भएको थियो ।