ब्यानर हटाउने क्रम जारी
कपन अनलाइन
काठमाडौ,मंगसिर १४।
आचारसंहिता विपरीत राजनीतिक दलले झापाको विभिन्न स्थानमा टाँगेको टुल र ब्यानर हटाउने कार्य जारी रहेको छ ।
निर्वाचन अनुगमन टोली प्रमुख एवं स्थानिय विकास अधिकारी खेमराज ओझाका अनुसार क्षेत्र नं ५ मा रहेका निर्वाचन प्रचार प्रसारका निम्ति राखिएका ब्यानर र टुल हटाउन थालिएको हो । दमक, गौरादह, गौरीगञ्ज बजार क्षेत्रमा राखिएका टुल र ब्यानर हटाउन थालिएको छ ।
यसैगरी, क्षेत्र नं १ का लागि सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेल, क्षेत्र नं २ का लागि पदक कार्की, क्षेत्र नं ३ का लागि जिल्ला न्यायाधिवक्ता प्रेमप्रसाद न्यौपाने र क्षेत्र नं ४ का लागि ज्ञानेन्द्र ओझालाई अनुगमन टोली प्रमुख बनाइएको प्रमुख निर्वाचन अधिकृतको कार्यालय भद्रपुरले जनाएको छ ।
तपाइँको प्रतिक्रिया ।