मुगाबेलाई महाअभियोग लगाइँदै
कपन अनलाइन
हरारे, ५ मङसिर । जिम्बावेको सत्तारुढ दल जानुपीएफले राष्ट्रपति रोबर्ट मुगाबेका विरुद्ध महाभियोग लगाउने प्रस्ताव गरेको छ । सो प्रक्रिया अघि बढाइने तयारी गरेको समाचारमा जनाइएको छ ।
आफ्नी श्रीमतीलाई संवैधानिक अधिकार दिने तयारी गरेको र यसबाट जिम्बावेको कानुनको उल्लङ्घन भएको भन्दै सोही आरोपमा उनलाई महाअभियोग लगाई जिम्बावेको राष्ट्रपतिबाट पदच्युत गरिन लागेको बताइएको छ ।
उनको आफ्नै राजनीतिक दलले राजिनामा दिन भन्दा पनि नमानेपछि सो महाभियोग प्रस्ताव मङ्गलवार नै संसद्मा पेश गर्ने तयारी गरिएको बताइएको छ ।
सत्तारुढ जानुपिएफ पार्टीले मुगाबेलाई सोमबारसम्ममा पदबाट राजीनामा दिन आदेश दिएको थियो । तर सो समय सकिइसकेको छ, उनले राजिनामा दिएका छैन । सोही कारण नै उनलाई महाभियोग लगाउने तयारी गरिएको उक्त पार्टीका सदस्यहरुले नै जानकारी दिएका छन् ।
तपाइँको प्रतिक्रिया ।