एक मात्र पुत्र प्रकाशको निधन पछी प्रचन्डले दिएको पहिलो प्रतिक्रिया

एक मात्र पुत्र प्रकाशको निधन पछी प्रचन्डले दिएको पहिलो प्रतिक्रिया

कपन अनलाइन 

काठमाडौं ,मंग्सिर ४

आफ्नो एक मात्र पुत्र प्रकाश दाहालको ३६ वर्षको अल्पायु मै भएको निधन बाट शोकमा परेका प्रचण्ड ले आज संक्षिप्त प्रतिकृया दिएका छन । छोरा प्रकाशको निधनप्रति समवेदना प्रकट गर्न लाजिम्पाटस्थित निवास पुगेका शुभेच्छुकहरुसँगको छोटो कुराकानीमा प्रचण्डले परिवारलाई सम्हाल्न गार्‍हो भइरहेको बताएका हुन्।

यद्यपी, अर्धाङ्गिनी सीता दाहाल पनि विस्तारै सम्हालिँदै जान थालेको प्रचण्डले बताए। ‘म्याडमपनि विस्तारै सम्हालिन थाल्नु भएको छ, हाम्रा लागि सबै त छोराछोरी हुन्’ प्रचण्डले भने, ‘पुरै नर्मल भइसकेको त छैन। तर हामीबाट देशैभरिका जनताले हामीबाट अविभावकको जस्तो भूमिका खोजेका छन्। त्यसैले हामीले धैर्य गर्नुपर्छ भनेपछि विस्तारै नर्मल हुनेतिर गएको छ।’

प्रचण्डको भनाई जस्ताको तस्तै  

स्तब्ध हुने घटना भयो हाम्रो परिवारलाई। दुर्घटना भनेर जे हुन्छ, त्यस्तै भयो। यस्तो हस्पिटल, सारा विज्ञानको विकास भएको छ। तर हस्पिटल नलगीकन उ ९प्रकाश० गयो। यसलाई हामीले दुर्घटनाजस्तो मानेका छौं।

तपाईंहरुले हामीलाई जुन समवेदन प्रकट गर्नुभएको छ, त्यसले हामीलाई ठूलो शक्ति प्रदान गरेको छ। म्याडमपनि विस्तारै सम्हालिन थाल्नु भएको छ। ुसबै त छोराछोरी हुन्, हामीले देशैभरिका जनताले हामीबाट अविभावकको जस्तो भूमिका खोजेका छन्,त्यसैले हामीले धैर्य गर्नुपर्छु भनेपछि विस्तारै नर्मल हुनेतिर गएको छ। पुरै नर्मल भइसकेको त छैन। तर विस्तारै नर्मल हुनेतिर गएको छ।

हिजो समाचार सुन्ने बित्तिकै श्रद्धान्जलीमा, दाहसंस्कारमा जस्तो सहभागिता देखियो, त्यसका लागि हाम्रो परिवारको तर्फबाट पार्टीको तर्फबाट यहाँहरु सबैप्रति आभार प्रकट गर्न चाहन्छु। धन्यवाद पनि भन्न चाहन्छु।

पीडा त ठूलै छ। मैले त पार्टीको ‘लिडर’ को हैसियतले सबै घटना, हिजोका युद्ध, शान्तिका घटनाले गर्दा मैले त एक ढंगले ‘रियलाइज’ गर्न सक्ने नै छ। तर परिवारलाई सम्हाल्न गार्‍हो छ। किनभने, पहिले छोरीको दुर्घट९ना९ त्यसपछि भा०वुक० तीन वर्ष नहुँदै छोराको घटना– यो घटनाले जुन विक्षिप्तता ल्याएको छ, त्यसलाई तपार्इंहरु जस्ता साथीहरुको समवेदना, सहयोगले शक्ति प्राप्त भएको छ।

यति भन्दै गर्दा प्रचण्ड निकै भावुक भइसकेका थिए। उनी बोल्दाबोल्दै कुनै शुभेच्छुकले ‘द्धन्दका पिता, शान्तिका पिताको घटनाले हामी शोकाकूल बनेका छौं, यो शोक शक्तिमा परिणत होस्’ भन्दै समवेदना दिए।

त्यसपछि प्रचण्ड झन् भावुक बने। उनको आँखा रसायो। उनले आफ्नो मन्तव्य अघि बढाउन सकेनन्।

‘धन्यवाद, तपाईंहरु सबैलाई धन्यवाद’ भन्दै रुँदै उनी घरभित्र पसे।

तपाइँको प्रतिक्रिया ।