नेपाल राहत शिक्षक समिती काठमाडौको अध्यक्षमा डम्बर राई सर्वसम्मत

नेपाल राहत शिक्षक समिती काठमाडौको अध्यक्षमा डम्बर राई सर्वसम्मत

कपन अनलाइन 

काठमाडौ,मंग्सिर ३  ।

सामुदायिक विध्यालयमा कार्यरत बयालिस हजार राहत शिक्षकको छाता सङ्गठन नेपाल राहत शिक्षक समिती अन्तर्गतको जिल्ला कार्य समिती काठमाण्डौको तेस्रो जिल्ला अधिवेसन बाट नवजागृती माबी बौद्दका शिक्षक  डम्बर राई सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका छन  ।काठमाण्डौको सहकारी प्रशिक्षण केन्द्र केन्द्रिय कार्यालय बानेश्वरमा सम्पन्न तेस्रो अधिवेसन बाट उहा अध्यक्ष पदमा निर्वाचित भएका हुन्

अठार सदस्यिय समिती गठन भएको अधिवेसनमा  तिन जना सदस्य जिल्ला कार्यसमितिले मनोनयन गर्नेछ ।  काठमाडौं  जिल्ला भरका राहत शिक्षकहरुको बृहत उपस्थिती भएको उक्त अधिवेसनको अध्यक्षता कार्यवाहक अध्यक्ष चुडामनी दाहालले गर्नुभएको थियो ।

उक्त कार्यक्रमका प्रमुख अतिथिको रुपमा राहत शिक्षक समितिका केन्दृय संयोजक खेमराज अधिकारी , बिशिस्ट अतिथिको रुपमा जिल्ला शिक्षा अधिकारी प्रकास सापकोटा थिए  ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी खेमराज अधिकारिले अब जिल्ला शिक्षा मातहत हुने काम कुनै बहानामा रोकिए त्यसको प्रतिरोध गर्दै राहत शिक्षकको अधिकार दिलाईछाड्ने बताए  । उनले संघ, सङ्गठन प्रती लक्षित गर्दै अधिकारिले अब पनि राहत शिक्षकलाई अबमुल्यन गर्दै जाने र उनीहरुका  माग नसुन्ने हो भने देसभर बाट चालिस हजार राहत शिक्षक एकै पटक काठमाण्डौको सडकमा उतार्ने भन्दै यसलाई कसैले कम नआक्न चेतावनी दिएका थिए  ।

त्यसैगरी जिल्ला शिक्षा अधिकारी प्रकाश सापकोटाले जिल्ला शिक्षा मतहत हुन सक्ने अभिलेखिकरण र बिरामी बिदा प्रमाणिकरणको माग जिल्लाले तत्काल पुरा गर्ने बताउदै बिदा प्रमाणिकरण गर्न विनि वा स्रोतब्यक्तिले नमाने तुरुन्त सम्पर्क गर्न सुझाउदै सम्पुर्ण राहत शिक्षको माग सम्वन्धित ठाउ सम्म पुर्‍याउने प्रतिबद्दता समेत ब्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै नेपाल कर्मचारी सङ्गठनका पुर्व अध्यक्ष तथा नेपाल कर्मचारी आधिकारिक ट्रेड युनियनका उपाध्यक्ष भोला पोखरेलले शिक्षकहरु बिच रहदै आएको बिभेद गर्न राज्य अग्रसर हुनुपर्नेमा जोड दिएका थिए  ।

त्यसैगरी राहत शिक्षक केन्द्रिय उपाध्यक्षले अहिले सम्म राहत शिक्षक आन्दोनको उपलब्धी बारे जानकारी गराए भने  पश्चिम भेगिय समितीका अध्यक्ष  कन्काली माबिका प्रधानअध्यापक विष्णु पनेरुले सबै शिक्षक सङ्ग सङ्गठनले राहत शिक्षकको जायज मागलाई सम्वोधन गर्न एक्यवद्दाता जाहेर गर्दै आफ्नो तर्फबाट सक्ने सबै खालको सहयोग हुने आश्वासन दिएका थिए  ।

कार्यक्रममा केन्द्रिय उपाध्यक्ष खगेन्द्र पौडेले अहिले सम्म भएका उपलब्धिहरुको फेहरिस्त सुनाउदै अब काठामण्डको राहत शिक्षक एक हुदै अगाडी बढ्नु पर्न्व कुरामा जोड दिनुभयो । नेपाल अभिभावक सङ्ग केन्द्रिय सदस्य ठाकुर प्रसाद खकुरेल, राहत शिक्षक भेगिय अध्यक्षहरुले समेत शुभकामना मन्तब्य राखेका थिए  ।

तपाइँको प्रतिक्रिया ।