मदिरा सेवनका कारण सरकारी कर्मचारीको मृत्यु
कपन अनलाइन
अछाम मंसिर १/एकेन्द्र महता
अछाम अछाममा मदिराका कारण एक सरकारी कर्मचारीको मृत्यु भएको छ । रामारोशन गाउपालिका स्थित पशु सेवा कार्यालयमा कार्यरत नायव सुब्बा धनलाल उपाध्यायको आज बिहान ४ बजे मृत्यु भयको हो ।
एकाएक नाकबाट रगत बगेपछी उपाध्याय कि श्रीमतीले प्रहरीलाई खबर गरिन ।खबर पाउनासाथ प्रहरीको टोलि र स्वास्थ्य कर्मी पुग्दा उपाध्यायको मृत्यु भई सकेको अछाम प्रहरी प्रमुख डिएसपी दधिराम न्यौपानेले बताउनु भयो । बाजुराको बडिमालिका नगरपालिका ९ घर भयका ३७ बर्षिय उपध्याय मदिरा सेवन गरिरहने भएकाले मदिराकै कारण ज्यान गएको हुन सक्ने बताइएको छ ।
तपाइँको प्रतिक्रिया ।