तत्कालिन काठमाडौं जिविसका सभापति र उप सभापति दुवै प्रदेस सभामा उम्मेदवार

तत्कालिन काठमाडौं जिविसका सभापति र उप सभापति दुवै प्रदेस सभामा उम्मेदवार

कपन अनलाइन 

काठमाडौ,मंग्सिर १

२०५४ शालको स्थानिय निकायको निर्वाचन पछी काठमाडौं जिल्ला विकास समितिमा सभापति र उप सभापति बनेका व्यक्तिहरु दुवै जना यस पटक प्रदेस सभा क्षेत्रको उम्मेदवार बनेका छन ।

तत्कालिन जिल्ला विकास समितिका सभापति सानु श्रेष्ठ यस पटक काठमाडौं क्षेत्र नं २ प्रदेस क्षेत्र १ बाट उम्मेदवार बनेका छन ।नेकपा एमालेको पोलिट ब्युरो सदस्य रहेका श्रेष्ठ उपत्यका इन्चार्ज समेत हुन् ।काठमाडौं को भूगोल ,संस्कृति र जनताको वारेमा गहिरो अध्ययन गरेका श्रेष्ठ उपत्यकामा निकै लामो समय देखि राजनीतिक गतिविधिमा संलग्न रहेका छन ।

त्यस्तै तत्कालिन जिविस उप सभापति रहेका रामेश्वर फुंयाल यस पटक काठमाडौं क्षेत्र नं ३ को प्रदेस क्षेत्र २ मा उम्मेदवार बनेका छन ।नेकपा एमालेको केन्द्रिय सल्लाहकार कमिटि सदस्य रहेका उनि यस अघि पनि सांसद बनिसकेका नेता हुन् ।

 

तपाइँको प्रतिक्रिया ।