बद्रि–केदार जाने दशौंहजार तिर्थालु मरेको आशंका, ४०० नेपाली अझै सम्पर्कमा आएका छैनन्
कपन अनलाइनभारतको उत्तरखण्डस्थित प्रसिद्ध चारधामअन्तर्गतको केदारनाथ र बद्रिनाथको दर्शन गर्न गएका १० औं हजार यात्री मरेका आशंका गरिएको छ । विगत ५ दिनमा नेपाल र भारतको पहाडि क्षेत्रमा आएको भीषण वर्षाले धार्मिक दृष्टिले अति नै महत्वपूर्ण मानिने यस क्षेत्रमा यति ठूलो नरसंहार भएको हो । उत्तराखण्डको रुद्रप्रयागदेखि केदारनाथसम्म रहेको करिब ६० हजार तिर्थालुहरु विगत ४ दिनदेखि भीषण वर्षाको मारमा परेका थिए ।
उद्धारमा खटिएका भारतीय सुरक्षा निकाय यो बाटोमा पर्ने करिब २०० वटा पूल बगाएकोेले अहिलेसम्म तिर्थालुलाई सुरक्षित गर्न सकिरहेको छैन । पहाडि क्षेत्रको २२ सय मिटरभन्दा माथि पर्ने यो भेकमा हेलिकप्टरले उद्धार गर्न पनि मौसमले बेलाबेला साथ नदिएकोले कठिनाई उत्पन्न भएको छ । पछिल्ला समाचारमा तिर्थालुहरु भोकका कारण पनि मरिरहेका छन् । विशेषगरेर ५० को उमेर काटेका तिर्थालुहरु यो यात्रमा धेरै जाने गरेकाले मृतकको संख्या बढेको भनाई छ । अझै कति मानिस मरेका वा कति हराएको भन्ने एकिन खबर पुष्टि हुन सकेको छैन । भारतीय अखबारहरुले अपुष्टरुपमा दशौंहजार तिर्थालु मरेका समाचार प्रकाशित गरेका छन् । यो तिर्थ यात्रामा रहेका करिब ४०० नेपाली यात्रु पनि अझै सम्पर्कमा आएका छैनन् ।
प्रसिद्ध केदारनाथको मन्दिरबाहेक त्यस क्षेत्रका अरुसबै मन्दिर तथा घरहरु बगाएको छ । अहिलेकै अवस्थामा रहने हो भने पनि केदारनाथ क्षेत्र पूनर्निर्माण गर्न ३ वर्ष लाग्नेछ । आगामी ३ वर्ष चारधाम यात्र नहुने करिब तय भएको बताइन्छ ।