कार्तिक २५ गते निशुल्क स्वास्थ्य सिविर तथा रक्तदान कार्यक्रम हुने
कपन अनलाइन
काठमाडौ,कार्तिक २३।
युवा एकीकरण क्लव बुनपाको आयोजना र नियोन हेल्थ क्लिनिक तथा प्रयोगशालाको सहयोगमा यहि कार्तिक २५ गते सनिवार निशुल्क स्वास्थ्य सिविर तथा रक्तदान कार्यक्रम आयोजना हुने भएको छ ।बुढानिलकण्ठ नगरपालिका वडा नं १० वाल उद्दार माविमा विहान १० बजे बाट सुरु हुने सो सिविरमा निशुल्क मधुमेहको परिक्षण हुनेछ भने निशुल्क औसधि वितरण पनि हुनेछ। सोहि दिन उक्त स्थानमा रक्तदान कार्यक्रम पनि आयोजना गरिएकोले सबैलाई उपस्थित हुन् आयोजकले अनुरोध गरेको छ ।
तपाइँको प्रतिक्रिया ।