ट्याक्सी चालक यज्ञवहादुर खड्काको हत्याको छानविन गर्न मजदुर संगठनको माग

ट्याक्सी चालक यज्ञवहादुर खड्काको हत्याको छानविन गर्न मजदुर संगठनको माग

कपन अनलाइन

काठमाडौ,कार्तिक २२।

कार्तिक २१ गते राति दिव्यश्ववरी टाउन प्लानिङ भक्तपुरमा ट्याक्सी चालक ४९ वर्षका यज्ञवहादुर खड्काको  हत्या भएको छ । खड्का सर्लाही हरिवन  स्थायी घर भएका  कुसुन्तीमा बसाेबास गर्दै अाएका थिए । बा १ ज १०४० नम्बरको ट्याक्सी चलाएर दुई छाेरी र श्रीमतीको गुजारा चलाउदै अाएका उनकाे हत्यारा र कारण खुलेकाे छैन ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रीय कमिटीले  हत्याराकाे पहिचान गरि कारबाही, पीडित परिवारलाई न्याय र क्षतिपूर्ति तथा श्रमिकहरूकाे सुरक्षाकाे माग गरेको छ  ।

यस्ता घटनाले चालकको ज्यान  र पेशा को सुरक्षामा चनौती खडा गरेकोले यस्ता घटना रोक्न सरकार र सुरक्षा निकायले ध्यान दिनिपरने संगठनका केन्द्रिय सचिव रवी केसीले बताए।

तपाइँको प्रतिक्रिया ।