भारतमा रहेका नेपाली मजदुर काठमाडौमा : निर्वाचनमा भोटहाल्न पाउ मुख्यमाग
काठमाडौ, ३ असार । आगामि मंसिर ४ गतेको ला
गि घोषणा गरिएको दोस्रो संविधानसभाको निर्वाचनमा आफुहरुले पनि मताधिकार पाउने, मुम्बईमा नेपाली महावाणिज्य दुतावास स्थापना गर्नु पर्ने सहितका भारतमा रहेका नेपाली मजुदरको समस्याको ध्यान आर्कषण एक टोली नेपाल आएको छ ।
नेपाली श्रमिक मजदुर यूनियनका अध्यक्ष मास्टर थापासहितको टोलीले प्रमुख दलका शिर्ष नेताहरुलाई भेटेर भारतमा काम गर्ने नेपाली श्रमिकहरुको पीडा र राज्यले गर्नु पर्ने ब्यवस्था लगायतको माग अघि सरिसकेको छ । यूनियनले सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर सो कुराको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा अध्यक्ष थापाले लाखौ नेपाली रहेको मुम्बईमा नेपाल सरकारको कुनै सम्पर्क स्थल नहुँदा नेपाली श्रमिक सहित प्रवासी नेपालीहरुले विभिन्न किसिमका अनावश्यक कानूनी झमेला बेहोर्दै आउनु परेको र दिल्लीको दुतावासले समेत बेवास्ता गर्ने गरेकोले तत्काल महावाणिज्य दुतावास स्थापना गर्न माग गरे ।
उनले आफूहरु पनि नेपाली आमाको सन्तान भएकोले नेपालको भविष्यको निर्धारण गर्ने संविधान सभाको निर्वाचनमा सहभागि हुन पाउनु पर्ने भन्दै त्यसको लागि भारतको प्रमुख शहरमा केन्द्र स्थापना गर्न सकिने जिकिर गरे ।
अध्यक्ष थापाले भारतमा दुख गरेर कमाएको रकम नेपाल आउँदा वोर्डरमा नेपाली र भारतीय सुरक्षाकर्मीले लुट्ने गरेकोमा त्यसको समाधान र नेपाली चेलिबेटी भारत तस्करी हुँदा नेपालीहरु भारतमा शिर निहुँर्याउनु परेकोले बोर्डरमै त्यसको समाधानको लागि संयन्त्र निर्माण गर्नु पर्ने माग गरे । आफूहरुको मागमा चार पार्टीका शिर्षहरु सकारात्मक देखिएको भन्दै उहाँहरुले माग पुरा गर्न सरकारलाई दवाव दिने आश्वासन दिएको जानकारी दिए । उनले भारत भन्दा बाहिरका गैर आवासीय नेपालीलाई दोहोरो नागरिकता दिने कुरा चलिरहेको बेला १ करोड नेपाली बस्ने भारतमा पनि यस्तो सुविधा दिन सके नेपालको विकासमा लगानी गर्न सकिने धारणा राखे ।
मुम्बई हुँदै खाडी मुलुकमा नेपाली चेलिवेटीहरु निर्वाध पठाउने गरेको मा आफुहरुको प्रयासमा त्यसलाई न्यूनीकरण गर्ने प्रयास भए पनि सरकारले वास्ता नगर्दा यसलाई रोक्न नसकिएको भन्दै नेपालका म्यानपावर एजेन्सीमाथि कडा निगरानी र बोर्डर, विमानस्थलमा कडा चेकजाँच गर्नु पर्ने बताए ।
उनले नेपालमा स्थीर सरकार आए मात्रै नेपालीहरुको ईज्जत बढ्ने र समस्याहरु घट्ने भएकोले नेपालमा स्थिर सरकारको कामना समेत गरे ।
९० प्रतिसत हिन्दु भएको मुलुकमा चार नेताले घोषणा गर्दैमा धर्म निरपेक्ष हुन नसक्ने भन्दै थापाले भारतमा निर्वाचनपछि हुने परिवर्तनले नेपालमा पनि धर्मको सम्बन्धमा परिवर्तन ल्याउने ठोकुवा गरे । उनले भने–नब्बे प्रतिसत नेपालको मन भएको हिन्दु राष्ट्र कसैको सम्पत्ति होईन, हटाउने । नेपाल हिन्दु राष्ट्र हुँदा शान्ति र स्थायीत्व भएको भन्दै उनले भारतमा समेत नभएको धर्म परिवर्त नेपालमा खुल्ला भएकोमा दुख ब्यक्तगरे ।
कार्यक्रममा एनआरएन जापानका अर्जुन अधिकारीले विदेशमा बस्ने नेपालको भावना र मागलाई संबोधन गर्नु पर्ने भन्दै सरकारले त्यसलाई गंभिर रुपमा लिनु पर्ने बताए । उनले नेपाल बाहिर जुन सुकै मुलुकमा बस्ने नेपालको समस्या समाधान रहेको समेत बताए । कार्यक्रममा मुम्बईमा रहेका पत्रकार विरेन्द्र पौडेलले प्रवासी नेपालीको समस्या प्रष्ट पारेका थिए ।
