८६ करोड ४० लाख ,आयो विदेशी सहयोग निर्वाचनलाई
काठमाडौं, ३ असार/ आज बेलायतले संविधानसभाको दोस्रो निर्वाचनका लागि थप भन्दै ८६ करोड ४० लाख नेपाली रुपैयाँ अर्थात् ६० लाख पाउन्ड सहयोगको घोषणा गरेको छ ।
विश्वसनीय, लोकतान्त्रिक र समावेसी निर्वाचनका लागि सहयोग गर्न बेलायतले यसअघि नै नेपाल शान्ति कोषमार्फत ३५ लाख र युएनडीपी मार्फत ५० लाख पाउन्ड सहयोग दिइसकेको छ ।
बेलायती राजदूत एन्डी स्पार्कले आज नेपाललाई डीएफआइडीमार्फत शान्तिकोषमा ४० लाख र महिला सहभागिता, निर्वाचन अनुगमन र पत्रकार तालिमका लागि २० लाख गरी ६० लाख पाउन्ड सहयोगको घोषणा गर्नुभएको हो ।
योसँगै निर्वाचनका लागि बेलायतको सहयोग एक करोड ४५ लाख अर्थात् २ अर्ब अमेरिकी डलर पुग्ने काठमाडौंस्थित बेलायती दूतावासले जनाएको छ ।
तपाइँको प्रतिक्रिया ।