निर्मल कि नरोत्तम कसलाई पशुपतिनाथको आशिर्वाद ?

कपन अनलाइन 

काठमाडौ,कार्तिक १७ ।

काठमाडौं क्षेत्र नं ४ प्रदेस क्षेत्र नं १ तर्फ आगामी मंग्सिर २१ गते हुने निर्वाचनको लागि नेकपा एमालेको तर्फ बाट निर्मल कुइकेल र नेपाली कांग्रेसको तर्फ बाट नरोत्तम बैधले उम्मेदवारी दर्ता गराएका छन ।

यस प्रदेस क्षेत्रमा उम्मेदवारी दिएका दुवै नेता लामो समय देखि स्थानीय संघ संस्था र सरोकारका निकायहरुमा सक्रिय रहेका व्यक्तित्वहरु रहेका छन ।

कुइकेल युवा अवस्था देखि नै राजनीतिमा प्रवेस गरेर काठमाडौं जिल्ला अध्यक्ष बनिसकेका नेता हुन् भने बैध पनि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका पुराना नेता हुन ।

यस प्रदेस क्षेत्रमा आफ्नो उम्मेदवारी दिएका कुइकेल र बैध दुवैले पशुपती क्षेत्र विकास कोषको विभिन्न जिम्मेवारीमा बसेर काम गरिसकेका छन ।

अहिले काठमाडौं क्षेत्र नं ४ प्रदेस क्षेत्र १ मा पशुपती नाथको समिपमा आफ्नो बाल्यकाल देखिको समय विताएका यी दुई नेता मध्ये जसलाई पशुपतिनाथको आशिर्वाद हुन्छ उसैले जित्छ भनि स्थानीयहरु विच रमाइलो चर्चा चल्न थालेको एक स्थानीयले कपन अनलाइनलाई बताए ।

यस क्षेत्रको सामाजिक ,सांस्कृतिक र भौतिक विकास निर्माणमा आफ्नो भूमिका निर्वाह गरेका कुइकेल र बैधको राजनीतिक भविष्यको फैसलामंग्सिर २१ गते हुनेछ।

तपाइँको प्रतिक्रिया ।