मानव बेचबिखन गर्ने पक्राउ

काठमाडौ, असार १ गते
बैदेशिक रोजगारका नाममा मानव बेचबिखन तथा ओसारपसार गरेको अभियोगमा प्रहरीले सप्तकोशी ह्युमन रिसोर्स प्रा.लि. का प्रवन्धक निर्देशक ताप्लेजुङ फाकुम्बा­९ घर भई हाल काठमाडौ शान्तिfandaनगर­३४ बस्ने ३६ बर्षीय योगेन्द्र कुमार लिम्बु र सोही प्रा.लि को कर्मचारी ताप्लेजुङ थेचम्बु –२ घर भई हाल काठमाडौ–९ भिमसेन गोला बस्ने ३५ बर्षीय लोकमणी लिम्बुलाई पक्राउ गरेको छ ।
नुवाकोट घर भई हाल काठमाण्डौ बस्ने दिपा श्रेष्ठ ( नाम परिवर्तन ) ले जेठ ३० गते कानुन बमोजिम कार्वाही गरी पाउ भनि केन्द्रीय अनुसन्धान ब्युरो महाराजगंजमा निवेदन दिएकोले निजहरुलाई सोही ब्युरोबाट खटिउको प्रहरी टोलीले पक्राउ गरेको थियो।
उनिहरुलाई थप आवश्यक अनुसन्धान तथा कारवाहीको लागी महानगरीय प्रहरी परिसर हनुमानढोका लगिएको प्रहरीप्रधान कार्यालय ले जनाएकोछ  ।

तपाइँको प्रतिक्रिया ।